• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

रेलबाट तेल ल्याउने तयारी

विज्ञान अधिकारी, काठमाडौं, असोज ६ -ट्यांकरबाट पेट्रोलियम पदार्थ ल्याउँदा समस्या हुन थालेपछि आयल निगमले रेलमार्फत सुख्खा बन्दरगाहसम्म तेल ल्याउने भएको छ। अहिले वीरगन्ज सुख्खा बन्दरगाहसम्म तरल पदार्थ बोक्ने रेल आउँछ। 
निगमले सुख्खा पदार्थ नजिकै डिपो निर्माण गर्न जग्गाको खोजी सुरु गरिसकेको छ। निगमका कार्यकारी निर्देशक दिगम्बर झाले रेलबाट पेट्रोलियम पदार्थ ल्याउन प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए।

 'सुख्खा बन्दरगाह नजिक डिपो बनाएर रेलबाट तेल ल्याउने योजना छ,' झाले नागरिकसँग भने, 'यसले सजिलै र सस्तोमा तेल ल्याउन सकिन्छ।' रक्सौलबाट पेट्रोलियम पदार्थ ल्याउन ट्राफिक जाम, ट्यांकर ढुवानीको आन्दोलनलगायत समस्याले आपूर्ति असहज बन्दै आएको छ।

'रक्सौलबाट तेल ल्याउन समस्या परेकाले बाध्य भएर रेलबाट ल्याउनको लागि तयारी सुरु भएको हो,' झाले भने। रेलबाट धेरै परिणाममा तेल ल्याउन सकिन्छ। स्रोतका अनुसार अमलेखगन्ज-रक्सौल पाइपलाइन निर्माणमा ढिलाइ हुने भएपछि रेलबाट ल्याउने प्रक्रियालाई अगाडि बढाइएको हो। पाइपलाइनका लागि कानुनलगायत धेरै बाधा छन्।

निगमका बोर्ड अध्यक्ष एवं वाणिज्य सचिव पुरुषोत्तम ओझाले रेलबाट तेल ल्याउन सकिए तेस्रो मुलुकबाट समेत आयात हुने बताए। उनले निगमले केही महिनाअगाडि नै रेलबाट तेल ल्याउन सकिने प्रस्ताव गरेको जानकारी दिए। अध्ययन गरेर मात्र तेल ल्याउनेबारे निर्णय हुने उनले बताए। 'आवश्यक पूर्वाधार सबै हेरेर निर्णयमा पुगिनेछ,' उनले भने।

रेलबाट तेल ल्याउन सकिएमा भारतका निजी क्षेत्रले समेत नेपाललाई तेल बिक्री गर्ने बाटो खुल्ला हुनसक्छ। भारतको दोस्रो ठूलो तेल प्रशोधन उद्योग एस्सारले निगमलाई तेल बिक्री गर्न प्रस्ताव गरेको थियो।

तर, एस्सारको नेपाली सीमा नजिक भण्डारण नहुँदा तेल बिक्री गर्न सम्भव भएको थिएन। एस्सारले भारतीय आयल कर्पोरेसन (आइओसी)को रक्सौल भण्डारण गरेर तेल दिनसकिने बताएको थियो। निगम र आइओसीबीचको एकाधिकार कायम रहेको अवस्थामा आइओसीको भण्डारणबाट तेल ल्याउनसक्ने अवस्था थिएन। एस्सारले निगमसँग गरेको प्रारम्भिक छलफलमा रेल्वेमार्फत तेल दिन सकिने जनाएको थियो।

निगमले रेल्वेमार्फत तेल ल्याउन सकिने मंसिरमा भएको छलफलमा एस्सार प्रतिनिधिलाई जानकारी गराएको थियो। 'भारतका निजी क्षेत्रसमेत प्रतिस्पर्धी भएका छन्। उनीहरुले निगमलाई तेल बिक्री गर्न प्रस्ताव गरिरहेको समयमा यसको उपयोग गर्नसमेत सुख्खा बन्दरगाहमा डिपो निर्माण गर्नु आवश्यक छ,' निगमका एक अधिकारीले भने, 'आइओसीसँगको एकाधिकार तोड्नसमेत यो प्रभावकारी हुनसक्छ।

निगमले तीन दसकदेखि आइओसीमार्फत तेल किनिरहेको छ। आइओसीसँगको एकाधिकार रहँदा तेलको आपूर्तिमा समेत प्रभाव पर्ने गरेको छ। पछिल्लो समयमा आइओसीले ९१ अक्टेनको तेल ल्याउन आफ्ना सबै डिपो सफा गर्दा नेपालमा पेट्रोल अभाव भएको थियो।

एउटा रेल र्‍याकमा ७५ किलोलिटर तेल ल्याउन सकिन्छ। ट्यांकरबाट २० किलोलिटरमात्र तेल आउने गरेको छ। निगमले सुख्खा बन्दरगाहमै भण्डारणको पूर्वाधार निर्माण गरिदिने सहमतिसमेत गरेको थियो। डिपो बनाउन आवश्यक पर्ने जग्गा हेर्न मंगलबार निगम सञ्चालक समिति सदस्य बाणिज्य मन्त्रालयका सहसचिव गणेश ढकाल, सूर्य सिलवाल र कार्यकारी निर्देशक झा वीरगन्ज गएका छन् भने बुधबार सञ्चालक समिति अध्यक्ष ओझा जाँदैछन्।
News Source :  Nagarik News

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply