• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

भन्सारको आफ्नै गस्ती

काँकरभिट्टा २७ भाद्र मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष ०६६/०६७ मा लक्षित राजस्व गुमाएपछि भन्सारले अहिले चोरी निकासी रोक्न आप्mनै कर्मचारी परिचालन गरेको छ । 
सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती टोलीले चोरीपैठारी नियन्त्रण गर्दै आएकोमा भन्सार कर्मचारी पनि परिचालिन भएका हुन् । चोरी बाटो हुँदै हुने
निकासी–पैठारी पूर्णरुपमा नियन्त्रण नभएका कारण कार्यालयले लक्षित राजस्व गुमाएको भन्सार स्रोतले बताएको छ । ‘चालु आव ०६७/०६८ मा लक्षित राजस्व नगुमोस भन्ने हेतुले यो अभियान सुरु गरिएको हो ’ एक भन्सार कर्मचारीले मेचीनगर अनलाईनलाई बताए–‘कार्यालयले आप्mनै कर्मचारीलाई गस्तीमा रुपमा परिचालन गरेपछि तीन दिनमा पाँच लाख  रुपैयाँभन्दा बढी मुल्यका भन्सार छलि ल्याइएका सामान पक्राउ गरि भन्सार दाखिला गरेको छ ।’
कार्यालयले आप्mनै सवारीसाधनमा चौबिसै घण्टा गस्ती परिचालन गर्दै आएको जनाएको छ । अवैध निकासी–पैठारी प्रक्रियामा जाने र राजस्व पनि बढ्ने भएकाले कार्यालयले यो अभियानलाई निरन्तरता दिएको अर्का कर्मचारीले बताए । यता सशस्त्रले भने आप्mनो गाडी नभएकाले काम गर्न समस्या भएको जनाएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply