निजी अस्पतालमै बढी व्यस्त छन् सरकारी अस्पतालका डाक्टरहरु
मेचीनगर अनलाइन
|
Sunday, September 12, 2010
|
0 comments
भद्रपुर २७ भाद्र केही समययता प्राइभेट अस्पताल तथा क्लिनिकहरुमा चिकित्सकहरुले बढी ध्यान दिन थालेकोले अञ्चल अस्पताल भद्रपुरमा बिरामीहरुको उपचारमा लापर्वाही हुन थालेको छ । ‘सरकारी काम कहिले जाला घाम भने’ झै सरकारी अस्पतालका डाक्टरहरु बढी मात्रामा निजी क्लिनिक तथा निजी अस्पतालहरुमा व्यस्त हुदै आएका छन् । यसै क्रममा चिकित्सकहरुको लापर्वाहीले शुक्रबार एक नवजात शिशुको मेची अञ्चल अस्पतालमा मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ नयाँबजार निवासी सन्तोष धमलाकी श्रीमति रेणुकाको सिजरिङ्ग गरी २३ गते बुधबार छोरो जन्मिएको थियो । सिजरिङ गरी जन्मिएका बच्चालाई एक हप्तासम्म अस्पतालामा बाल रोग विशेषत्र डा. टंकप्रसाद बाह्रकोटीले हेर्दै हुनुहुन्थ्यो । विहीबार बेलुकादेखि शिशु अस्वस्थ्य हुन थालेपछि डा. बाह्रकोटीले परीक्षण गर्नुभएको थियो । डा. बाह्रकोटी समयमा नआउने, प्राइभेट अस्पतालमा बढी समयदिने हुनाले समयसमा उपचार हुन नसक्दा मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छन् ।
शुक्रबार शिशु बढी अस्वस्थ्य हुन थालेपछि पनि डा. बाह्रकोटी अस्पतालमा नभएको हुँदा उहााले उत्तः शिशुलाई हेर्न सक्नु भएन । डा. बाह्रकोटी समयमा नआउँदा उक्त शिुलाई डा. बालकृष्ण शाहले हेर्न लाग्दा उक्त शिशुको मृत्यु भइसकेको डाक्टरले बताए । त्यसपछि आक्रोसित पीडितका आफन्तजनले अस्पतालको सिसा तोडफोड गरेका थिए ।
तोडफोड गरेको भन्दै असई जीवन बुढाथोकीले उल्टै पीडित परिवारलाई हप्काउँदै पक्राउ गर्न आएका थिए् । पीडित पक्षले घटना पछि संयम् अपनाइसकेको बेला प्रहरी बुढाथोकीले घटनालाई अझ उत्तेजित बनाउन पीडित पक्षलाई नै पक्राउ गर्न आएको हुँदा केही समय अस्पताल तनावग्रस्त बनेको थियो । पीडित पक्षले डाक्टरहरुले प्राइभेट अस्पतालमा बढी समय दिन थालेको हुँदा सरकारी अस्पतालमा नै बढी समय दिनुपर्ने र प्राइभेटमा काम गर्न नपाउने माग राखेको पीडित गोपाल धमालाको भनाई छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed