विद्यार्थीद्धारा परीक्षा बहिष्कार
मेचीनगर अनलाइन
|
Thursday, September 23, 2010
|
0 comments
काँकडभिट्टा, आश्विन ७ - पाठ्यक्रम बाहिरको प्रश्न पत्र आएको भन्दै मेची क्याम्पसमा संचालित स्नात्तोकोत्तर प्रथम वर्ष व्यवस्थापन समूहका विद्यार्थीर्ले विहीबारको परीक्षा बहिष्कार गरेका छन् ।
विद्यार्थीहरूले स्नात्तोकोत्तर अन्तर्गत व्यवस्थापन संकायको मार्केटिङ मेनेजमेन्टको परिक्षा बहिष्कार गरेका हुन् । दिउसो १२ बजेदेखि परीक्षा सुरु
भएको थियो । परीक्षा सुरु भएको १० मिनेट बित्न नपाउदै विद्यार्थी नाराबाजी गर्दै परीक्षा हल बाहिर निस्किएका थिए । विद्यार्थी युवराज दाहालले पाठ्यक्रम बाहिरको प्रश्न आएकाले परीक्षा बहिष्कार गरिएको बताएका छन् ।क्याम्पस प्रमुख चिन्तामणि दाहालका अनुसार नियमित तर्फका करिब सय जना विद्यार्थीले परीक्षा वहिष्कार गरेका छन् । पुरानो पाठ्यक्रमका विद्यार्थीर्ले भने परिक्षा दिएका छन् ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed