• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अश्लील साइट रोक्न आइएसीको अनुमति सर्त संशोधन

योगेश खतिवडा, काठमाडौ, भाद्र ९ - अश्लील साइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दिएको अनुमतिपत्रमा उल्लेखित सर्त संशोधन गरेको छ । अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेको अवस्थामा सरकारले सबै प्रकारका अश्लील साइट बन्द गर्न सर्त संशोधन गरेको हो ।

'अश्लील साइट बन्द गर्न आइतबार बोर्डले यस्तो निर्णय गरेको हो,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'यस्तो सर्त थपिएपछि अब इन्टरनेट सेवा प्रदायक कम्पनीले त्यस्ता वेबसाइट बन्द गर्नुपर्छ ।' सर्तमा नैतिकता, सदाचार र सिष्टाचारलाई आघात पार्ने साइट बन्द गर्नुपर्ने व्यवस्था छ ।

प्रवक्ता न्यौपानेका अनुसार १५ दिनभित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले यसबारे उनीहरूको धारण राख्न सक्नेछन् । 'उनीहरूबाट केही धारणा नआए १५ दिनपछि नयाँ सर्त स्वतः सबै कम्पनीका लागि लागू हुनेछ,' उनले भने, 'त्यसपछि स्वतः संशोधित सर्तमा व्यवस्था भएअनुसारका साइट बन्द गर्नुपर्नेछ ।' मुलुकमा ४१ आइएसपी कम्पनी, नेपाल टेलिकल, युटिएल र एनसेलले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् ।टेलिकमले एडिएसएल र जिपिआरएस र एनसेलले जिपिआरएस इन्टरनेट सेवा दिएका छन् ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संस्था आइएसपी एसोसिएसनका अध्यक्ष विनय बोहोरा केही साइट बन्द गर्न सकिने भए पनि धेरै साइट बन्द गर्न गाह्रो हुने बताउँछन् । 'प्राधिकरणले सर्त संशोधन गरेर पत्र पठाएपछि नगर्ने कुरा आउँदैन,' उनले थपे, 'यो धेरै गाह्रो काम हो ।' उनी प्राविधिक र आर्थिक रूपमा यो चुनौतीपूर्ण भएको बताउँछन् । 'केही

(५०/१०० वटा) साइट बन्द गर्न खासै गाह्रो छैन,' उनले भने, 'धेरै साइट बन्द गर्न प्राविधिक र आर्थिक लगानी धेरै चाहिन्छ ।' उनले साइट बन्द गर्न सिस्टम थप्नुपर्ने बताउँदै त्यो धेरै महँगो हुने दाबी गरे । उनले प्राधिकरणबाट सर्त संशोधनको पत्र पाएपछि थप छलफल गरेर अगाडि जाने बताए ।
खुला रूपमा साइबर क्याफे र घरघरमा अश्लील साइटको प्रयोग बढ्दा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको भन्दै केही महिनाअघि गृह, विज्ञान तथा प्रविधि र प्राधिकरणले यसका लागि गृहकार्य सुरु गरेका थिए । विश्वमा ३० देखि ४० प्रतिशत प्रयोगकर्ताले यस्ता साइट चलाउँछन् ।

अवैध भिओआइपी कल सञ्चालन गर्ने साइट बन्द

इन्टरनेट सेवा प्रदायक कम्पनीले अवैधानिक रूपमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) सञ्चालन गरेको पाँच साइट ब्लक गरेका छन् । भिओआइपी भनेको इन्टरनेटमार्फत भ्वाइस सेवा प्रदान गर्नु हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत साता पाँच वटा साइट बन्द गर्न आइएसपीलाई निर्देशन दिएको थियो । यी साइटले अवैधानिक रूपमा काम गरेको भन्दै बन्द गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरणले भिओआइपी सेवा इन्टरेट सेवा प्रदायक कम्पनीलाई मात्र सञ्चालन गर्न अनुमति दिएको छ । अवैधानिक रूपमा सञ्चालन भएका अन्यले भने कर नतिरी सञ्चालन गर्ने भएकाले अन्य साइट पत्ता लगाएर बन्द गर्ने योजना रहेको आइएसपीका अध्यक्ष विनय बोहोराले बताए ।

'राजस्वको दायरामा नआउने साइट पहिचान गरेर अन्य पनि बन्द गरिन्छ,' बोहोराले भने, 'यसका लागि एउटा समिति बनाउने योजना बनाएका छौं ।'

Source :  eKantipur  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply