• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सुनसरीका सञ्चार थप खतरामा

विर्तामोड भाद्र १९/     गत साउन 30 गते एसएसपी मिंगमार लामाको निर्देशनमा पत्रकार लिलानाथ घिमिरेमाथी भएको आक्रमणको अध्ययन गर्न सुनसरी आएको नेपाल पत्रकार महासंघद्वारा गठित केन्द्रीय मिसन टोलीले सुनसरीको सञ्चार क्षत्रमाथि थप खतरा बढेको ठहर गरेको छ ।

धरानवाट प्रकाशित फास्ट टाइम्समा कार्यरत घिमिरेमाथि आक्रमण भएपछि घटनाको वास्तविकता बुझ्न आएको टोलीले अहिले पनि सञ्चार क्षत्र असुरक्षित रहेको पाइएको भन्दै त्यसतर्पm राज्यको ध्यानाकर्षण गराएको छ । महासंघका उपाध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा आएको टोलीले मंगलबार सञ्चारकर्मी, घाइते घिमिरे, पीडक एसएसपी मिङमार लामा, होटल सञ्चालक सुनसरीका प्रजिअ र पूर्व क्षत्रका प्रहरी प्रमुख, डीआइजीलाइ भेटेपछि विज्ञप्ति प्रकासित गरी यस्तो ठहर गरेको हो ।
मिसन टोलीåारा जारी विज्ञप्तिमा घटनापछि सञ्चारगृहमा शंकास्पद तबरमा निगरानी बढाउने, पत्रकारहरुलाइ धम्क्याउने, सामाजिक अन्तर्åन्å बढाउने र विभिन्न नाममा पत्रपत्रिका वितरणमा रोक लगाउने काम भएको जनाइएको छ । 'तत्काल यस प्रकारका त्रिmयाकलाप रोक्न राज्यले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दछौं" विज्ञप्तिमा भनिएको छ । समाचार संकलन गनर्े सिलसिलामै सञ्चारकर्मी घिमिरेमाथि सांघातिक आक्रमण भएको मिसनले निष्कर्ष निकालेको छ । घटनामा संलग्न दोषीलाइ कानुनी दायरामा ल्याइ कारवाही प्रत्रिmया अघि बढाउन ढिला नगर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ । 
साथै प्रहरी प्रशासनबाट घटनाका सम्बन्धमा भएको कमी-कमजोरी स्वीकार्दै आगामी दिनमा यस प्रकारका घटना हुन नदिन विशेष पहल गर्नसमेत आग्रह गरिएको छ ।जनताको सूचनाको हकको प्रत्याभूति प्रेस तथा अभिव्यत्ति स्वतन्त्रता र नागरिक अधिकारका लागि नेपाली प्रेस सदैव त्रिmयाशील रहेको कुरा मिसनले सार्वजनिक गरेको छ । टोलीमा केन्द्रीय सदस्य किशोर कार्की, शिवहरि भट्टराइ र मोहन भण्डारी छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply