• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

समूहले सुधार्यो जीवनस्तर

Writer:-कोकिला ढकाल 
 इलाम, १० असोज /समूहमा आबद्ध हुन थालेपछि पूर्वी इलामका महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । साहारा नेपालले जिल्लाका पूर्वी गोदक, पञ्चकन्या, पशुपतिनगर, कोल्बुङ्ग, कन्याम, गोर्खे, शान्तिपुर, लक्ष्मीपुर र फिक्कल गाविसका महिलालाई समूहमार्फत ऋण दिएपछि उनीहरु खुशी मात्र भएका छैनन्, त्यसैबाट जीवन गुजारा चलाउन थालेका छन् ।

साहारा नेपालले त्यहाँका ८९ समूहमा लागेकालाई लघुवित्त, बचत कार्यक्रम सञ्चालन गरेपछि उनीहरुमा नयाँ परिवर्तन आएको हो । समूहमा लागेकालाई न्यूनतम पाँच हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म ऋण प्रदान गर्ने गरेको छ । समूहमा लागेर ऋण लिएका दुई हजार एक सय ७२ जना महिलाले अहिले कृषि, पशुपालन तथा व्यापार व्यवसाय सञ्चालन गरी रहेका छन् ।
उत्तरी सुम्बेककी निर्मला तामाङ्गले १ वर्षअघि साहाराबाटै ऋण लिए गाई किनेकी थिइन् । उनको गाईले दैनिक तीन लिटरमात्रै दूध दिएपनि जिल्लामै उच्च मुल्य २९ रुपैयाँ प्रतिलिटर पाएपछि आर्थिक अवस्थामा सुधार आएको छ । यसबाट भएका आम्दानीले घरखर्च चलाउन र छोराछोरीलाई विद्यालय पठाउन सजिलो भएको उनले बताइन् । 
१० हजार रुपैयाँ लिएर गाईपालन शुरु गरेकी कोल्बुङ्ग–९ की तुलसा भुजेलको गोठमा अहिले दुईवटा लैना गाई छन् । गाईपालेर नै उनले परिवारको गुजारा चलाएकी छिन् । ‘शुरुमा आर्थिकस्तर निकै दयनीय थियो खान लाउन नै मुस्किल पथ्यो, उनी भन्छिन् ‘सहारा नेपाल साँच्चीकै महिलाको साहारा नै बन्यो ।’ शुरुमा १० हजार ऋण लिएर तिरेकी भुजेलले अनुसाशन पूर्वक नियमित ऋण तिरेकाले उनले पुनः २० हजार रुपैयाँ ऋण पाइन् ।
एक बर्षअघि कार्यक्षेत्र फिक्कल पारेर स्थापना भएको साहारा नेपालले महिलालाई बिभिन्न शीर्षकमा दुई करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । संस्थाले बिभिन्न गाविसमा महिलालाई व्यवसाय, गोबरग्याँस तथा साधारणमा ऋण लगानी गरेको हो । त्यस्तै फिक्कलकी हरिमाया कडरियाले व्यापारमा १५ हजार रुपैयाँ ऋण लिएकी छिन् । सोही व्यापारबाट उनी अहिले राम्रो आम्दानी गर्न सफल भएकी छिन् । व्यापार व्यवसाय सञ्चालन नगरुञ्जेल हात मुख जोर्न मुस्किल परेको उनी बताउँछिन् ।

पशुपतिनगर–५ जीलकी शेतीमाया दोर्जेले कृषि क्षेत्रमा लागेर सुन्तला खेती गरेकी छिन् । १२ रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला उनको आम्दानीको भरपर्दाे श्रोत बनेको छ । ‘ऋण लिएर सुन्तला खेती गरेको अहिले त बगानबाट एक छिमलमा ५० हजार रुपैयाँसम्मको बिक्री हुन्छ, उनी भन्छिन् ।’ उनले सुन्तला खेतीमा लिएको ऋणले बगानमा मलजल तथा औषधी किनेको बताइन् । बगान रोगले सुक्न लागेको थियो, औषधी लगाएपछि अहिले राम्ररी फस्टाएको छ, उनले भनिन् ।
साहारा नेपालले महिलालाई साधारणमा एक करोड ५० लाख १७ हजार रुपैयाँ, अनुशासनमा २८ लाख ३५ हजार र गोबरग्याँसमा ११ लाख ३१ हजार रुपैयाँ ऋण लगानी गरेको छ । प्रत्येक महिनामा बस्ने बैठकले लगानी असुली समेत गर्ने र अन्य नयाँ समूहलाई समेत ऋण दिन सजिलो भएको साहारा नेपालका प्रमुख चुडामणी कट्टेलले बताए । 
सहाराले आठ प्रतिशत ब्याजदरमा लगानी गदैै आएको जनाएको छ । उनीहरुको बचत समेत दुई करोड ४६ लाख रुपैयाँ पु¥याएको छ । लगानी गरेको साल दुई करोड छ लाख रुपैयाँ असुली भएको बताउँदै प्रमुख कट्टेलले भने–‘अहिलेसम्मको अवस्थामा महिलाको आर्थिक स्थिति राम्रो भएको छ । समूहमा लाग्ने सबैको यसबाटै परिवारको गुजारा तथा आर्थिकस्तर बृद्धि भएको छ । 
यो रिपोर्ट झापाको जनसंसद दैनिकबाट साभार गरिएको हो । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply