• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

५ वर्षको चुरोटको रकम मन्दिरलाई

५ वर्षको चुरोटको रकम दान गर्ने
तीर्थबहादुर खड्का । सेतो लुगामा

झिलझिले, १० असोज /एक जना चुरोटको अम्मलीले मासिक रुपमा त्यसमा कति रकम खर्चेला ? यस्तो हिसाब राख्नेहरु विरलै होलान् । तर, सतासीधामका एक पूर्व ‘चुरोटप्रेमी’ले ५ वर्षको हिसाब मात्रै निकालेका छैनन्, त्यस अवधिमा चुरोटमा हुने खर्च बराबरको रकम मन्दिरलाई दान समेत गरेका छन् । 
सतासीधाम–५ का ५३ वर्षीय तीर्थबहादुर खड्काले आफ्नो ५ वर्षको चुरोट खर्च बराबरको रकम स्थानीय शिवालय मन्दिरलाई दान गरेका हुन् । ‘खुकुरी’ चुरोटका पारखी खड्काका अनुसार उनी दैनिक ४० खिल्ली चुरोट पिउँथे । त्यसमा ६० रुपैयाँ खर्च हुन्थ्यो । ‘त्यो हिसाबले ५ वर्षमा १ लाख ९
हजार ५ सय खर्च हुने रहेछ’, स्थानीय छिमेकी सहकारीका अध्यक्ष समेत रहेका खड्का भन्छन् – ‘त्यो रकम मैले मन्दिरलाई दिएको हुँ ।’
खड्का पत्नी भागिरथाले त्यसैमा २१ हजार ५ सय ५५ थपिदिएपछि मन्दिरले १ लाख ३१ हजार २५ रुपैयाँ पाएको छ । खड्काले मन्दिरलाई रकम दान गरेपछि निर्माणाधीन भवनको काममा सहयोग पुग्ने शिवालय मन्दिरले जनाएको छ । 
चुरोटको लत स्वास्थ्य र प्रतिष्ठा दुबैका लागि हितकर नहुने निष्कर्षमा पुगेर गत बैशाखदेखि पिउन छाडेको उनले बताए । लत त्याग्न स्थानीय प्रणामी मन्दिरका साधु पर्शुराम अधिकारीको सहयोग पाएको उनको भनाई छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply