• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मागे जति चन्दा नदिंदा कलेजमा तोडफेड

धरान, भाद्र २८ - मागे जति चन्दा नदिए पछि माओवादीको अखिल क्रान्तिकारीका विद्यार्थीले धरान- लक्ष्मी सडकस्थित सुनसरी टेक्नीकल कजेलमा सोमबार तोडफोड गरेका छन्
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मदन चुडाल, सिपि बजगाई, समिन लिम्बूलगायतको समुहले कलेज भित्र प्रवेश गरेर करिव चार लाख रुपैया बराबरको धनमालको क्षति पुर्याएको कलेजका संचालक लेखिराज सुव्वाले बताए

धरान टेक्लिनक कलेजको लेखाशाखामा
 गरिएको तोडफेडको एक दृष्य
सुव्वाले भने, 'केही महिना अगाडि अखिल क्रान्तिकारीका विद्यार्थीले १२ लाख रुपैयाँ चन्दा मागे पनि त्यति धेरै रकम दिन सक्ने अवस्था नरहेको जनाउदै ५० हजार रुपैयाँ सहयोग गरेको थिएँ फेरि चन्दा माग्न आए वार्गेनिङ गर्न थाले वार्ता नमिले पछि तोडफोड गरे '
चन्दा कति सम्म दिने लिने विषयमा वार्ता भइरहेको बेला उनीहरुले सोचे जति नपाउने भए पछि क्रान्तिकारी विद्यार्थीले धम्कीको कडा भाषा प्रयोग गर्दै बसेको ठाउँबाट उठ्न साथ तोडफोड गरेको सुव्वाले बताए उनले भने, 'हामीले सोच्यौं, चन्दा नपाउने भए पछि क्रान्तिकारी विद्यार्थी जाने भएछन् तर एक्कासी तोडफोडमा पो उत्रिए ' क्रान्तिकारीले कलेजका केही कम्प्यूटर, सिसाका झ्याल, एलमुनियम पार्टेसन, टेवलका दराजहरु करिव १० मिनेटसम्म तोडफोड गरेका थिए
कलेज प्रशासनले तोडफोड अराजक गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरेर कडा कारवाही गर्न किटानी जाहेरी दिएको जाहेरी दिंदै सुव्वाले भने, 'नेपालमा पनि कानुन होलानी पीडितलाई न्याय दोषिलाई दण्ड दिने निकाय होलानी यदि कानुनै छैन भने हामी पनि कलेज बन्द गरेर राजनीतिक दलको नाममा गुण्डा गर्दी, दादागीरी मचाउदा हुने रैछ भन्ने बुझ्नु पर्ने बेला आएको '
माओवादीका सुनसरी क्षेत्र नं का सेक्रेटरी असोक राईले चन्दा उठाउने नीति माओवादी भित्र नरहेको बताए उनले भने, 'चन्दा उठाउने कार्यक्रम नीति छैन साथीहरुले अलिक वढी गरेरछन् '
Source:- Ekantipur


Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply