• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

इटहरीका विद्यालय अनिश्चितकालिन बन्द

इटहरी, २८  भदौ 
सुनसरीका निजी विद्यालय सञ्चालकले आफूहरू विद्यालय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् इटहरीमा शनिबार पत्रकार सम्मेलन गरी आफूहरू विद्यालय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेकाले विद्यालयको चाबी आइतबार जिल्ला शिक्षा कार्यालयलाई बुझाउने जानकारी दिए  
आफूहरूले बारम्बार गर्दै आएको आन्दोलनप्रति सरोकारवालाहरू गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको भन्दै नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सुनसरीले बिहीबारबाट गरेको अनिश्चितकालीन विद्यालय बन्दपछि विद्यालय सञ्चालकहरूले चाबी बुझाउने  निर्णय गरेका हुन्
प्याब्सन, नेसनल प्याब्सन नेपाल प्याब्सनले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सममेलनमा उनीहरूले पछिल्लो पटक निजी विद्यालय शिक्षक युनियन इस्टुले विभिन्न माग राखेर विद्यालय बन्द गराएकोमा उनीहरूले आपत्तिसमेत जनाएका छन् निजी विद्यालयले पूरा गर्नै नसक्ने माग राखेर नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सुनसरीले विद्यालय बन्द गराएको भन्दै आन्दोलनमा उठेका मागहरू कुनै हालतमा पनि पूरा गर्न नसक्ने पत्रकार सम्मेलनमा जनाएका छन्  
प्याब्सन सुनसरीका अध्यक्ष दिलकुमार वनले इस्टुले निजी विद्यालयले पूरा गर्नै नसक्ने माग राखेर विद्यालय बन्द गराएकाले विद्यालय सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताए उनले भने, 'सरकारी विद्यालयमा सबै शिक्षक स्थायी छ्रैनन्, कसरी हामी सबैलाई सरकारीसरह सेवा दिन सक्छौं -'
इस्टुले निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूलाई नियुक्तिपत्र दसैर्ंखर्च उपलब्ध गराउनुपर्ने सरकारी तलब स्केलअनुसार तलब तथा सुविधा  सञ्चयकोषको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर २४ गतेदेखि सुनसरीका सबै विद्यालय बन्द गराएको
 युनियनले आफूहरूले उठाएको जायज माग पूरा गर्नका लागि पनि विद्यालय व्यवस्थापन पक्ष गैरजिम्मेवार तवरले लागेका कारण अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गर्नुपरेको युनियनका अध्यक्ष मनोज खनालले आरोप लगाएका छन्
युनियनले नियुक्तिपत्र, सरकारी तलब स्केलसरहको सेवासुविधा, दसैर्ंखर्च तलब सुविधा वृद्धिको माग गर्दै महिना अघिदेखि चरणबद्ध आन्दोलन गर्दै आएको  
बन्दका कारण सुनसरीका तीन सय बढी विद्यालयमा पठन-पाठन ठप्प हुँदा एक लाख २० हजार बढी विद्यार्थीको पढाइ प्रभावित भएको

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply