• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बैंक प्रबन्धकसहित ४ निलम्वित

खगेन्द्र अधिकारी, ताप्लेजुङ, असोज ३ - ग्राहकले जम्मा गरेको पैसा दुरुपयोग गरेको अभियोगमा नेपाल बैंक लिमिटेडले ताप्लेजुङ शाखाका तत्कालीन प्रबन्धकसहित ४ कर्मचारीलाई निलम्वन गरेको छ। तत्कालीन शाखा प्रबन्धक जीवन श्रेष्ठ, सहायक प्रबन्धक लक्ष्मण मेहता, खजाञ्ची वैद्यनाथ शाह र कर्मचारी बनु यादवलाई बैंकले निलम्बन गरेको हो। श्रेष्ठको सरुवा भइसकेपछि उनको ठाउँमा आएका यादवलाई समेत बैंकले निलम्बन गरेको छ। यादव यसअघि शाखा सहायक प्रबन्धक भएर यहीं काम गरेका कर्मचारी हुन्।

गएको पुसमा निमार्ण व्यवसायी नरबहादुर कार्कीको खातामार्फत २ करोड ६३ लाख निक्षेप रकम निकाली दुरुपयोग गरेको अभियोग उनीहरुमाथि लागेको छ। तर, कार्कीसहित निलम्वनमा परेका कर्मचारीले अभियोग अस्वीकार गर्दै आएका छन्।
आर्थिक वर्ष समाप्त हुँदासम्म बैंकको हिसाब असन्तुलित पाइएपछि बैंकको केन्द्रीय कार्यालयले अनुसन्धानका लागि पुष्प श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय कार्यदल यहाँ पठाएको थियो। कार्यदलको अध्ययनलगत्तै केन्द्रीय बैंकले आफ्ना ४ कर्मचारीलाई निलम्बनमा राखी थप अनुसन्धान थालेको हो।

Sourve : Nagariknews

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply