कतारमा १४५ औं मोती जयन्ती तथा खुल्ला गजल प्रतियोगिता सम्पन्न
मेचीनगर अनलाइन
|
Sunday, September 19, 2010
|
0 comments
दोहा, सेप्टेम्बर १८, भाषाको उत्थान, नेपालीको पहिचान भन्ने मुलनारा लिएर विगत तीनवर्षदेखि भाषा र साहित्य क्षेत्रमा प्रवासमा रहेर पनि निरन्तर सेवा पु¥याउँदै आएको नवोदित साहित्यिक वचानालय, कतारको आयोजनामा १७ सेप्टेम्बर, २०१० का दिन दोहाको टपफर्म रेष्टुरेण्टको सभाहलमा नबोदित साहित्यिक वाचनालय कतारक अध्यक्ष श्री नवराज वि.क.को सभापतित्व र नेपाली राजदुतावास कतारका प्रथम सचिव श्री रामकाजी खड्काको प्रमुख अतिथि प्रमुख अतिथ्यमा सयौ भाषा तथा साहित्यप्रेमी महानुभावहरुकावीच १४५ औं मोती जयन्ती एवं खुल्ला गजल वाचन प्रतियोगिताका साथै संस्थाद्वारा हालसालै निर्मित वेवसाईट www.naboditsahitya.com को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक क्षेत्रका चहकिला नक्षत्र, गजल विधाका पिता, युवाकवि मोतीराम भट्टको १४५ औं पुन्यस्मृतिमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
नवोदित साहित्यिक वाचनालयका सचिव श्री टेकेन्द्र पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका संरक्षक श्री टि.वि. कार्की, एन.आर.एन.आइ.सि.सि.का सदस्य तथा कतार प्रतिनिधि श्री प्रज्ञान उदास,एन.आर.एन. कतारका सल्लाहकार संयोजक श्री कमलमणी गुरागाईँ विषेश अतिथि रहनुभएको थियो । यसैगरी कार्यक्रममा एन. आर. एन कतारका प्रथम उपाध्यक्ष डा. अजिजुर रहिमान शेष, साहित्यकार एवं नेपाल कतार अनलाईनका रवि भट्ट रोषी, साहित्यकार हेमन्त परदेशी, साहित्यकार निराजन लुईटेल, साहित्यकार प्रयास सुब्बा, कवि एवं नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतारका महासचिव तीर्थ संगम राई, कान्तिपुर प्रवास साप्ताहिकका प्रतिनिधि राजेश्वर ढकाल, नेपाल लोकतान्त्रिक मञ्च, दोहा, कतारका अध्यक्ष श्री रामहरी गैह्रे, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष मानवहादुर साँवा, प्रवासी मुस्लिम सेवा समाजका उपाध्यक्ष अब्दुल कालम,क्षेत्री सेवा समाजका सचिव निगम कार्की, सेफ्टी अवायरनेसका अध्यक्ष इञ्जिनियर राधाकृष्ण देव, गैह्र आवासीय यातायात संघका अध्यक्ष भुपराज दवाडी, वाचनालय अभिभावक समिति सदस्य टुकराज अर्याल अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव श्री रामकाजी खड्काले ब्यानर अनावरण र द्विप प्रज्वलन गरी प्रारम्भ भएको कार्यक्रममा राष्ट्रिय गान एवं शहिदहरुप्रति एकमिनेट मौनधारण गरिएको थियो भने युवाकवी मोतीराम भट्टको तस्वीरमा प्रमुख अतिथि खड्का एवं नवोदित साहित्यिक वाचनालयका सल्लाहकार भोजराज दहालले संयुक्त रुपमा माल्यार्पण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री महेन्द्र गुरुङले स्वागत मन्तब्य गर्नुभएको थियो भने रामबहादुर गुरुङले मोतीरामको जीवनी तथा वेवसाईट http://www.naboditsahitya.com/ को विषयमा प्रकाश पार्नुका साथै नवोदित साहित्यिक मोवाईल पुस्तकालय संयोजक छविरमण मिश्रले पुस्तकालयको हालको गतिविधि एवं प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाली साहित्यमा मोतीराम भट्टको योगदान र देनका बारेमा प्रकाश पार्दै कवि तथा नवोदित साहित्यिक मोवाइल पुस्तकालयका महासचिव तीर्थसंगम राइ, अनेसासका अध्यक्ष दीपक भेटवाल, साहित्यकार हेमन्त परदेशीले आ–आफ्ना रचना पाठ गर्नुभएको थियो भने अतिथि तथा एन.आर.एन. कतारका प्रथम उपाध्यक्ष अजिजुर रहिमान शेष, सेफ्टी अवायरनेशका इञ्जिनियर राधाकृष्ण देव, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका मान ब. साँवा, क्षेत्री सेवा समाजका सचिव निगम कार्कीले आफ्नो मन्तब्य राख्दै नवोदित साहित्यिक वाचनालय कतारले प्रवासमा भएता पनि भाषा र साहित्यको क्षेत्रमा गरेको कार्यको खुल्ला मनले प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । यसैगरी नवोदित साहित्यिक वाचनालयका संरक्षक टि.वि. कार्कीले आफ्नो मन्तब्य क्रममा भाषा र साहित्यको सेवामा लागिपरेको नवोदित साहित्यिक वाचनालयलाई आउने दिनहरु जस्तोसुकै सहयोग र संरक्षकत्व दिनुपरेमा पछि नहट्ने प्रतिवद्धता जाहेर गर्नुभयो । प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव श्री रामकाजी खड्काले नवोदित साहित्यिक वाचनालयले कतारमा नेपाली भाषा र साहित्यको क्षेत्रमा देखाएको कृयाशीलता निरन्तर रहिरहनेप्रति आफू विश्वस्त रहेको व्यक्त गर्नुका साथै आफ्नो गजल रचना समेत पाठ गर्नुभएको थियो ।
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed