चारआलीमा पनि अब ट्राफिक
मेचीनगर अनलाइन
|
Saturday, September 18, 2010
|
0 comments
काँकडभिट्टा – झापाको चारआलीमा स्थानीयवासीको पहलमा निर्मित ट्राफिक भवन शनिवार प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
झापाको वुधवारेका समाजसेवी रमेश भुजेलद्धारा प्राप्त व्यक्तिगत २५ हजार तथा स्थानीय उद्यमी व्यवसायी तथा संघ संस्थाको सहयोगमा करिव अढाई लाखको लागतमा भवन निर्माण गरिएको हो ।
भवन निर्माणार्थ स्थानीयवासी गोविन्द घिमिरेको अध्यक्ष्ँताको ८ सदस्यीय समिति गठन गरिएको थियो । भवन करिव ४ महिनापछि निर्माण सम्पन्न भएको हो । २ कोठे पक्की भवन शनिवार एक समारोहका वीच जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक शान्तिराज कोइराला र समाजसेवी रमेश भुजेलले उद्घाटन गरेका थिए । तस्वीर क्याप्सनः झापाको चारआलीमा स्थानीयको पहलमा निर्मित ट्राफिक भवन । करिव अढाई लाखको लागतमा भवन निर्माण भएको हो । तस्वीरः
पर्वत पोर्तेल
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed