आफ्नै भवन बन्ने भो
मेचीनगर अनलाइन
|
Saturday, September 18, 2010
|
0 comments
पेट्रोलियम व्यवसायी एवम् सामाजिक व्यक्तित्व एकराज उप्रेतीलगायतको पहलमा विर्तामोडको टेकबहादुर गिरी बसपार्क परिसरमा खरिद गरिएको जग्गामा मेची पेट्रोलियम डिलर्स एशोसिएसनको आफ्नै भवन बन्ने भएको छ ।
एशोसिएसनले निर्माण गर्ने भवनको भोलि शिलन्यास गर्ने कार्यक्रम रहेको चारपानेस्थित आसमा टेड्रर्स एण्ड सप्लायर्सका सञ्चालकसमेत रहनुभएका व्यवसायी उप्रेतीले जानकारी दिनुभयो । भवन निर्माणका लागि साधारणसभामा व्यवसायीहरु बाट ११ लाख रुपैयाँको सहयोग समेत घोषणा भएको छ ।
जस अन्तर्गत नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, व्यवसायीहरु महावीर अग्रवालले १ लाख ११ हजार रुपैयाँ, एकराज उप्रेती, चर्तुभुज सरिया, नवीन कोइराला, भूपाल कटुवाल, शिवराज गुप्ता, टिकाराम पिठाकोटी, सागरबाबु उप्रेती, उत्तम श्रेष्ठ, मदन राई, शिवप्रसाद
घिमिरे र सरोज पाण्डेले जनही ५१-५१ हजार रुपैयाँ, नवीन चन्द्र श्रेष्ठले २५ हजार रुपैयाँ, हरिकृष्णप्रसाद सिंहले २५ हजार १ सय १ रुपैयाँ, गुणराज निरौलाले २१ हजार १ सय ११ रुपैयाँ, रामचन्द्र साहले २१ हजार १ सय २५ रुपैयाँ, याम श्रेष्ठले ११ हजार १ सय रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed