इजाजतबिना मदिरा बिक्रि वितराण
मेचीनगर अनलाइन
|
Wednesday, September 15, 2010
|
0 comments
मङ्गलबारे (इलाम) ३० भाद्र/ इलाम सदरमुकाममा रहेका होटल तथा किराना पसलले अनुमतिपत्रबिना नै मदिराको अबैध विक्री बितरण गरिरहको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा होटल तथा पसलमा छापा मार्दा अकिांश पसलले अनुमतिपत्रबिना नै मदिार बिक्री गरेको पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद रिजालको नेतृत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल प्रकाश दाहाल, प्रहरी निरीक्षक जगन्नाथ गौतम, उदोग बाणिज्य सङ्घका प्रतिनिधि तथा पत्रकार सम्मिलित अनुगमन टोलीले बजार अनुगमन गरेर अवैध मदिरा तथा अन्य खाद्यपदार्थ जफत गरेको छ ।
सदरमुकामस्थित गंगा सेल्स कोल्ड स्टोरले स्वदेशी मदिार बिक्रीका लागि अनुमति लिए पनि विदेशी मदिरासमेत बिक्री गरिरहेका पाइएको हो । कोल्डस्टोरबाट छवटा रेड लेवल नाम विदेशी मदिरा जफत गरिएको छ । बजारका एकदर्जन भन्दा बढी होटल तथा पसलमा छटापा मारिउको थियो । सो क्रममा भगवती स्टोरबाट म्याद गुज्रेका आद्य सामग्रीको साथै मदिरा पसल सञ्चालनका लागि लिइनुपर्ने अनुमतिपत्र पनि नलिइ मदिरा बिक्री गरिरहेको पाइयो ।
अनुमतिपत्र नलिने र नवीकरण नगर्ने होटल तथा किराना पसललाई एक साताभित्र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अनुमति लिन र नवीकरण गर्न अनुगमन टोलिले निर्देशन दिएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed