• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

६० दिनमै धान पाक्यो

ईटाभट्टा ३० भाद्र/ विऊ परीक्षण्का लागि जैविव विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिवर्ड) नाम गैर सरकारी संस्था यहाँ रोपेको एक जातको धान ६० दिनमै पाकेको छ । 
मैचीनगर–१२ को दुई कठ्ठा जग्गामा लिवर्डले स्थानीय मेची कृषक सहकारी संस्थाको सहयोगमा गत असार १५ गते १० जातका धान रोपेको थियो । 
जसमध्ध्े हर्दिनाथ–१ जातको धान चाहिँ ६० दिनमै पाकेका हो । धान पाकेर पहेलपुर भएपछि सो धानको परीक्षण सफल भएको अनुमान छ । त्यहाँ रोपिएका अन्य धानका जातहरुमा मन्सुली, कान्छी, मन्सुली, बर्खे ३०१७५,
मध्यम धान ०७४२, वर्षे २०२४, मध्यम ०७४४, वर्षे २०१४, वर्षे २००१, आरपी १०१७ र राधा–१२ रहेको मेची कृषक सहकराीका प्रवन्धक दीपक काप्mलेले बताए । हर्दिनाथ बाहेक अरु धान भर्खर पोटाउन मात्र थालेको छ ।
लिवर्डले धानको विऊ र खेतीको अनुसन्धानमा सथनीय कृषक समूदायलाई समेत समावेश गरेको छ । ज्यामिरगढी, मेचीनगर, बाहुडाँगीका विभिन्न कृषक समूहका ३० जनालाई नियमितरुपमा धान खेतीको प्रशिक्षण र अनुगमन गराइएको थियो । उनीहरुले त्यसलाई कृषि पाठशालाको नाम दिएका छन् । स्थानीय माटो र हावापानी अनुकूल बढी उत्पादन हुने धानको बीउ उत्पादन र बजारीकरण गर्न धानको बीउ परीक्षण गरिएको लिवर्डकी प्राविधिक सिर्मला योञ्जनले बताएकी छिन् । 
६० दिनमै पाक्ने भएपछि कृषकहरुले वर्षमा चारबालीसम्म उत्पादन गर्न सक्ने अनुमान छ । यसअघि वर्षमा तीन बालीसम्म उत्पादन हुँदै आएको थियो । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply