सहकर्मी कुटिएपछि कलेज बन्द गरी आन्दोलनमा
मेचीनगर अनलाइन
|
Wednesday, September 15, 2010
|
0 comments
रोहित राई, धरान,भदौ ३०- सहपाठी कुटिएको विरोधमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ विद्यार्थीहरुले आज पनि आन्दोलन जारी राखेका छन्। उनीहरुले बिहान ८ बजेदेखि नर्सिङ कलेज अगाडि धर्ना दिइरहेका छन्।
कुटपिट गर्ने शाहलाई प्रतिष्ठानले हिजो पाँच दिनको लागि निलम्बन गरे पनि सो कारबाही सामान्य भएको भन्दै नर्सिङका विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन्। उनीहरुले छात्रा कुटपिट गर्ने शाहले सार्वजनिकरुपमा पीडित शेर्पासँग माफी माग्नुपर्ने अडान राखेका छन्।
'मलाई बिना कारण सार्वजनिक रुपमा कुटेको छ, त्यसैले उसले पनि सार्वजनिक रुपमा माफी माग्नुपर्छ'-पीडित आङमाया शेर्पाले भनिन्। मंगलबार प्रतिष्ठानले शाहलाई पाँच दिनसम्म कक्षा लिन र हाजिर गर्न नपाउने गरी निलम्बन गरेको जनाएको थियो। घटनामा शाह दोषी पाइएकोले कारबाही गरेको साथै उनले गल्ती स्वीकार गरिसकेकोले आन्दोलन फिर्ता लिन परीक्षा डिन डा.निर्मल बरालले आग्रह गरेका छन्। शाहलाई प्रतिष्ठानले थप कारबाहीस्वरुप दिल्ली जाने अवसरबाट पनि वञ्चित गराएको छ।
नर्सिङका विद्यार्थीहरुले तालाबन्दी गरेर धर्नामा बसेपछि सर्टिफिकेट नर्सिङ, बि.एससी र एम.एससी.को पढाइ ठप्प भएको छ। यी तीनवटै तहमा दुईसय भन्दा बढी छात्रा अध्ययनरत छन्।
प्रतिष्ठानमा सञ्चालित खेलकुद कार्यक्रम सकेर होस्टेल फर्कदै गदौ भदौ २७ गते बिहान करिब १० बजे शाहले छात्रामाथि कुटपिट गरेको पीडित बताउँछन्।
Source : Nagariknews
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed