ट्राभल संघद्धारा स्तरीय सवारीसाधनको माग
मेचीनगर अनलाइन
|
Monday, September 13, 2010
|
0 comments
काँकडभिट्टा– झापाका ट्राभल एजेण्ट व्यवसायीहरुले पर्यटन वर्ष नजिकिएकाले स्तरीय यात्रुबहाक वसको प्रवन्ध मिलाउन आग्रह गरेका छन् ।
मेची वस व्यवसायी संघका अध्यक्ष श्रीप्रसाद मैनालीलाई ज्ञापन पत्र बुझाउदै व्यवसायीहरुले त्यस्तो माग गरेका हुन् । उनीहरुले रात्री वसमा नियमविपरित वोकिने लगेज तत्काल नियन्त्रण गर्न संघ संग माग गरेका छन् । संघद्धारा संचालित रात्री वसहरुले क्षमता भन्दा वढी लगेज वोक्ने गरेका छन् ।
एजेण्ट संघका अध्यक्ष नेत्र कार्कीको नेतृत्वमा गएको टोलीले पर्यटन वर्ष शुरु हुनु अगावै युरो मापदण्डका स्तरीय वसहरु संचालित गरिनु पर्ने, वसहरुको निश्चित समय र स्थान तोकिनु पर्ने, यात्रु तानातान प्रथा अन्त्य गरिनु पर्नेलगायतका १० वुदे माग संघ समक्ष प्रस्तुत गरेको थियो ।
सो क्रममा संघका अध्यक्ष मैनाली र सचिव राजेन्द्र रिजालले माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed