‘मानव अधिकारको अवस्था नाजुक’
मेचीनगर अनलाइन
|
Wednesday, September 15, 2010
|
0 comments
इलाम, ३० भदौ
मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह नेपालले द्वन्दका समयमा भन्दा वर्तमान अवस्थामा पूर्वी नेपालमा मानव अधिकारको अवस्था झन् नाजुक बन्दै गएको बताएको छ ।
विभिन्न सशस्त्र समूहका नाममा पूर्वी नेपालमा जारी हत्या, धम्की र चन्दा आतंकका कारण मानव अधिकारको अवस्था दिनानुदिन दयनीय बन्दै गएको समूहले ठहर गरेको हो । बुुधबार इलाममा आयोजित पत्रकार सम्मेलनमा तेस्रो साधारण सभाको निर्णय सार्वजनिक गर्दै समूहले उद्योगी, व्यावसायी र कर्मचारीहरु हत्या, धम्की र चन्दा आतंकका कारण सुरक्षित रुपमा बाँच्न नसकेको उल्लेख गरेको छ । सभापछि सम्पन्न अधिवेशनले खगेन्द्र बाँस्कोटाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डम्बर बस्नेत, महासचिवमा केशव धौराली, सचिवमा छत्र रिमाल र कोषाध्यक्षमा सोनम बान्तवा रहनुभएको छ ।
समितिका सदस्यहरुमा रोशन साँवा, पुन्यप्रसाद दुलाल, राजेन्द्र श्रेष्ठ, कृष्ण ओझा, विद्या सापकोटा, पुष्पा कार्कीडोली, लेखनाथ खतिवडा, खड्गविक्रम सुवेदी अर्जुनकुमार बस्नेत चयन हुनुभएको छ । बाँकी सदस्यको पछि मनोनयन गरिने समितिले बताएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed