• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

एभरेष्ट फाउण्डेशनले पैसा लिएर सम्मान गर्ने

विर्तामोड ३० भाद्र/ एभरेष्ट फाउण्डेशन नेपाल नामक गैरसरकारी संसाथले पैसा लिएर सममान गर्ने झापा ती दर्जन भन्दा बढी व्यक्तिलाई पत्रचार गरेको छ । 
काठमाडौंमा कार्यालय रहेको फाउण्डेशनले झापका ३६ जनालई सम्मानका लागि पत्राचार गरेको हो । संस्थाका महाििचव अर्जुन पौडेलेको हस्ताक्षर रहेको पत्रमा ‘राष्ट्रिय सम्मान २०६७’ द्वारा सम्मान गर्ने र ‘रत्नहरु राष्ट्रका’ नाम ग्रन्थ प्रकाशन गर्ने उल्लेख छ । 

झापाका उद्योगी, व्यापारी, शिक्षक, प्राध्यापक, समाजसेवा लगायतका क्षेत्रमा सक्रिय व्यक्तिको तयारी पत्रमा नाम लेख्दै खामबन्दी गरिदिइएको छ । झापामा घर भएका सुर्य ठटालले पत्र वितरण गरेका हुन् । शुरुमा पत्र, त्यसपछि व्यक्तिगत विवरण मागियो अनि संस्थाको आजीवन सदस्य बन्नको लागि ५ हजार १ सय १ रुपैयाँ सहयोग मागिएको मेची बहुमुखी क्याम्पसका प्रमुख चिन्तामणि दाहालले बताउनुभयो । पैसा मागेकाले आपूm सम्मान ग्रहण गर्न नजाने संस्थाका प्रतिनिधीलाई जानकारी दिएको पनि उहाँले बताउनुभयो । 
फाउण्डेशनले दाहालका अलवा जयनारायण ढुंगाना, मन्जु पोखरेल, पत्रकार माया पकुवाल, प्राध्यापक पृथ्वीविक्रम राई, एकल महिला समूहकी अध्यष रेखा अधिकारी, डा. बालकृष्ण शाह, महेशपुरका निताई सिंह, अञ्जना बस्नेत, पर्शुराम अग्रवाल, चण्डी पराजुली, लीला ढकाल, निलमणि बराल लगायत ३६ जनालाई पत्रचार गरिएको फाउण्डेशनका प्रतिनिधि ठटालले बताउनुभयो । सदस्या बन्नु पर्ने भएपछि १० जनाले भने बायोडाटा नपठाएको बताइएको छ । 
२०५७ सालमा स्थापित भएको फाउण्डेशनले देशका प्रतिष्ठित व्यक्तिलाई सम्मान गदैृ आएको महासचिव अर्जुन पौडेलले जानकारी दिनभयो । संस्थाले अनाथ आश्रम र वृद्ध आश्रम सञ्चालन गरेको बताउँदै पौडेलले आजिवन सदस्य बन्न कसैलाई अनिवार्य नभएको स्पष्ट पार्नुभयो । 
संस्थामा कवीवर माधवप्रसाद घिमिरे, धर्मराज थापा, कांग्रेसका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादीका देवगुरुङ देखि प्रतिष्ठित व्यक्तिहरु सल्लाहकारमा रहेका छन् । 
फाउण्डेशनले झापा, पोखरा, सुर्खेतलगायत देशका विभिन्न भागमा पाँच सयभन्बढी व्यक्तिको जीवनी संग्रहगरी प्रकाशन गर्ने तयारी गरेको छ । फाउडेशनका प्रतिनिधिले उक्त ग्रनथ प्रकाशनार्थ पत्राचार गरिएको व्यक्तिहरुलाई सदस्य बनिदिन आग्रह गरेका छन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply