• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मजदुर हड्तालमा

सुदिप कोइराला  मोरङ २९ भदौ / पटक पटकको आन्दोलन सँगै सँगै हुने गरेका सहमती कार्यान्वयन नभएपछि पिडित भएका मजदुरहरु अब भने बैधानीक रुपमा आन्दोलन स्वरुप हड्तालमा उत्रिने भएका छन्  
विराटगर १८ स्थित साल्ट ट्रेडिङ कर्पोरेशनका मजदुरहरुले आफ्नो माग पुरा गराउन वैधानिक रुपले नै हड्तालमा उत्रिने भएका हुन्  
श्रम ऐन अनुसार नियम वमाजिम माग पत्र पेश गरेर वार्ता भएपनि माग पुरा नभएको भन्दै उनीहरुले कानुनी रुपमै हडताल गर्ने भएका हुन् श्रम ऐन अनुसार कार्यरत मजदुरहरु मध्ये ५१ प्रतिशतले हडतालकालागि सहमती जनाए कानुनी रुपले माग पुरा गराउन वर्षसम्म हडताल गर्न पाउने व्यवस्था  
 सेवा सुविधा सहितका १९ वुँदे माग राखेर बिगत वर्षदेखि निरन्तर आन्दोलन गर्दै आयौं पटक पटक सहमती भए तर माग पूरा गराउन गम्भिरता नदेखीएपछि बैधानीक रुपले अघि बढ्ने निर्णय गरेका छौं , एक मजदुरले बताए पटक पटक व्यवस्थापन पक्षसँग वार्ताबाट निकाश ननिस्कैकारण वैधानकि रुपमा हडताल गर्ने कि नगर्ने भनेर निर्वाचन गराएरै कानुनी हडताल गर्न लागेका हौं , अखिल नेपाल औधोगिक मजदुर संघ ईकाई समितीकी अध्यक्ष प्रमीला शर्माले वताइन्
 ऐन अनुसार उधोग प्रतिष्ठानमा हडताल गर्न कार्यरत ५१ प्रतिशत कामदार कर्मचारीहरुको सहमती आवश्यक पर्ने भएपनि कम्पनीमा रहेका ७० वढि मजदुरहरु सवै एकजुट भएकोले वैधानिक हडताल हुनेमा मजदुरहरुले दावी गरेका छन्  
 गैरकानुनी हडताल गर्दा मजदुरहरु बिभिन्न बाधा ब्यबधान आउने भएकाले नै यसो गरिएको उनिहरुको भनाइ रहेको  
   निर्वाचनकावेला संचारकर्मी अधिकारर्मीलाई समेत लगेर अनुगमन गराउने निर्णय गरिसकेको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तेजलाल कर्णले वताए  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply