पलङमा लडाएर अभद्र व्यवहार गरेपछि............
मेचीनगर अनलाइन
|
Wednesday, September 8, 2010
|
0 comments
बिराटनगर / मोरङ जिल्ला पशु कार्यालयका प्रमुखले आफ्नै सहकर्मी महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको अभियोगमा पीडितले मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी छन् । कार्यालय सहयोगीको रुपमा काम गर्ने महिलाले जबर्जस्ती करणी उद्योगअन्तर्गत जिल्ला पशु कार्यालय प्रमुख डा। उदयप्रताप िसंहविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।पीडितले जिल्ला प्रशासन कार्यालयमा पनि शान्ति सुरक्षा माग गर्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न निवेदन दर्ता गराएकी छन् । पीडितको जाहेरी परेपछि अभियुक्त िसंह बिहान साढे १० बजेदेखि फरार रहेको बताइएको छ ।
कार्यालय प्रमुख िसंहले भदौ १५ गते दिउँसो कार्यालय सहयोगी महिलालाई क्वार्टरमा चिया लिएर आउन अह्राएपछि चिया पुर् याउन गएको बेला जबर्जस्ती पलङमा लडाएर अभद्र व्यवहार गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ । आपुू चिच्याएपछि अत्तालिएका िसंहको हात फुस्काएर भागेको भन्दै पीडितले मङ्गलबार प्रहरीमा प्रमुखविरुद्ध कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन् ।
श्रीमान्को मृत्यु भएपछि उनी करारमा काम गर्दै आएकी थिइन् । कार्यालय प्रमुखले आपुूसँग सहवास नगरे जागिर खुस्काइदिने चेतावनी दिएको पनि पीडितले बताएकी छिन् । पछिल्लोपटकको हर्कतपछि िसंहले महिलाको करार अवधि सकिएको भन्दै काम गर्नसमेत नदिएको पीडितले बताइन् । महिलाले कानुनी बाटो समातेपछि भने सोमबार अपराह्न नियुक्ति लिन बोलाए पनि असुरक्षाको भयले पीडित महिलाले नियुक्तिपत्र बुझेकी छैनन् ।
महिलामाथि दुव्र्यवहार गर्ने पशु कार्यालयका प्रमुख िसंहलाई कारवाही हुनबाट जोगाउन मोरङका केही नेताहरुले दवाब दिएको स्रोतले जनाएको छ । िसंहमाथि कारवाही गराउन पहल गर्ने वा नगर्ने विषयमा एकीकृत नेकपा माओवादीका केही नेताहरुबीच विवादसमेत भएको स्रोतको दावी छ ।
स्रोतका अनुसार जिल्ला नेतृत्वका केही व्यक्तिहरु िसंहलाई जोगाउन लागिपरेका छन् भने कारवाहीको पक्षमा रहेका एक नेताले कार्यालय प्रमुख िसंहमाथि सोमबार हातपातसमेत गरेका थिए ।
यसैवीच मोरङ जिल्ला पशु कार्यालयका प्रमुख डा।उदयप्रताप िसंह मङ्गलबार पक्राउ परेका छन् ।
आपुनै कार्यालयका सहकर्मी महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको अभियोगमा पीडितले सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्तालगत्तै प्रहरीले िसंहलाई पक्राउ गर्ने प्रयत्न गरे पनि सोमबार बिहानैदेखि िसंह फरार थिए ।
मङ्गलबार निजामति दिवस मनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीको निर्देशनमा िसंहलाई पक्राउ गरिएको हो । िसंहलाई मोरङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
This News is taken From Blast Daily
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed