मेचीनगर अनलाइन
|
Wednesday, September 8, 2010
|
0 comments
दमक/ राजनीतिक द्वन्दका कारण पटक पटक तालाबन्दि हुँदै आएको झापाको भानु माध्यमिक बिद्यालयको तालाबन्दिलाई मंगलबार बिद्यार्थी र अभिभाबकहरुले फोडेर खुलाएका छन् ।
नयाँ प्रधानअध्यापक नियुक्तिको बिषयलाई लिएर एमाओवादी र एमाले निकट शिक्षकहरुको र्समर्थन र बिरोध बढेपछि यसपालिको सैक्षिक सत्रको सुरुवात संगै असन्तुष्ट रहेका एमाले निकट शिक्षक र एमालेका स्थानिय नेताहरुले बिद्यालयमा तालाबन्दि गराउँदै आएका थिए । बिद्यालय ब्यावस्थापन समितिको सिफारिसमा शिक्षक तेजनाथभट्टर्राईलाई एक महिना अघि जिल्ला शिक्षा कार्यालय झापाले निमित्त प्रधानध्यापकको जिम्मेवारी दिएका थिए । भट्टर्राई एमाओवादी समर्थित शिक्षक हुन् ।
एमाले झापा जिल्ला सचिब देवेन्द्र दाहालले भने आफ्नो संगठन निकटका शिक्षक भानु ढुङ्गानालाई बिना कुनै अभियोग प्रधानअध्यापक बाट हर्टाईएको प्रति हाम्रो आपत्ती छ । त्यसैगरी आफ्नो दर्वन्दी भन्दा माथिल्लो कक्षामा पठनपाठन गराउने शिक्षकहरुलाई तलब भत्ता सुबिधा बाट कटौति गरिएको प्रति पनि आपत्ती छ । हामी अब र्सबदलिय बैठक बाट यसको छिनोफानो गर्ने पक्षमा छौं । तर एमाओवादी पार्टीले यो बिषयमा अब कुनै छलफल हुन नसक्ने बताउँछन् । एमाओबादीका झापा ७ नं. सेक्रेटरी अमृतका अनुसार एमालेले डाकेको यस अघिको र्सवदलिय बैठकमा अनावस्यक बहिरका मान्छेहरु ल्याएर बैठकमा आक्रमणको प्रयास भएकाले र्सवदलीय बैठकको औचित्य नभएको बताउँछन् ।
बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष शेरबहादुर निङ्लेकुले भने मंगलबार देखिनै बिद्यालयमा पठनपाठन सुरु भएको बताउनुभएको छ । त्यसैगरी नव नियुक्त तेजनाथ भट्टर्राईले बुधवार देखिनै विद्यालयको सम्पूर्ण प्रसासनिक कार्य सञ्चालन भएको बताउनु भयो । मंगलबार बिद्यालय परिसरमा पँच शिक्षक, बिद्यार्थी, अभिभाबक लगायत गरी सयौं स्थानिय बासीको उपस्थिति थियो । ताला फोड्ने बिद्यार्थीहरुको भने एउटै भनाई थियो, हाम्रो पर्ढाई जसरी भएपनि सुचारु हुनर्ुपर्छ, हामी यो वा त्यो कुनैपनि शिक्षकलाई प्रधानअध्यापक हुनु पर्छ भन्दैनौं । अभिभाबकको तर्फाट एमाले धरमपुर गाउँ कमिटि सचिव रहेका तारा सिग्देलको नेतृत्वमा आएको एक समुहले ३ दिन अघि ताला बन्दि गरेपछि त्यसै दिन अज्ञात समुहले राती तारालाई उनकै घरमा गई निर्घात कुटपिट गरेका थिए । एमाले धरमपुर गाउँ कमिटिका अध्यक्ष कुलबहादुर बस्नेतका अनुसार तारालाई कुटपिट गर्नेमा माओवादीको संलग्नता भएको प्रमाण आवस्यक परेका बेलामा देखाउन तयार छौं । तर एमाओवादीका धरमपुर प्रमुख बीरबहादुर र्राईले भने यो घट्नामा आफ्नो पार्टी संलग्नता भएको प्रमाण जुटाए हामी यसको जिम्मेवारी बहन गर्न तयार छौं । बरु मेरो घर र एक हाम्रा संगठनका साथिको घरमा राती स्थानिय एमालेका कर्यकर्ताले राती आएर तोडफोड गरी क्षती पर्ुयाएका छन् । यो सवैलाई थाहा भएको कुरा हो, बीरबहादुरले भने ।
Filed Under:
समाचार
0 comments
Trackback URL | Comments RSS Feed