• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सासुले दिएको तनाव खप्न नसकेर आत्महत्या

चारआली, २० भदौ / अरुतिर तीजको रमझमले छोपिरहेको बेला धाइजन–६ कालीझोडामा भने सन्नाटा छाएको् छ । गाउँका कुनै पनि घरमा महिलाहरु चाडको खुशीले रमाउन सकिरहेका छैनन् ।
अत्यधिक मानसिक यातना र वेइज्जतिका कारण ३५ वर्षीया चन्द्रकला विश्वकर्माले शुक्रबार साँझ आत्महत्या गरेपछि दुःखी भएका गाउँले महिलाहरु तीजमा रमाउन नसकेका हुन् ।
सासु र ससुराले दिएको मानसिक यातना र चरित्रमाथि शंका गरेर सासुले प्रहरीमा उजुरी दिएपछि तनाव खप्न नसकेर चन्द्रकलाले आत्महत्या गरेको स्थानीयबासी बताउँछन् ।
चारआली प्रहरी चौकीका अनुसार सासु सीता तिरुवाले ससुरा जीतबहादुर तिरुवासँग अंगालोमा बाँधिएको आरोप लगाउँदै बुहारी चन्द्रकलाविरुद्ध जाहेरी दिएपछि शुक्रबार छलफलका लागि उनी चौकीमा आएकी थिइन् । 
चौकीबाट फकेर घर गई साँझपख उनले आत्महत्या गरेकी हुन् । साँझ ८ बजेतिर सिमेन्टीको पिलरको रडमा हरियो सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा उनलाई फेला पारिएको छिमेकी कमल लिम्बूले बताए ।
प्रहरी स्रोतका अनुसार उनको मृत्यु भएको अवस्थामा घरमा सासु सीता विश्वकर्मा र छोराछोरी मात्र थिए । मृतकका पति भीम तिरुवा भाडाको गाडी चलाउन बाहिर गएका थिए भने ससुरा जीतबहादुर तिरुवा गत मंगलबारदेखि नै फरार छन् ।
स्थानीयबासीहरु सासु, ससुरा र पतिले हेला गरेका कारण चन्द्रकलाले ६ महिना अघि पनि आत्महत्याको असफल प्रयास गरेको बताउँछन् । बेलैमा अस्पताल पुर्याइएकाले त्यसबेला उनी बाँचेकी थिइन् । पारिवारिक तनावकै कारण उनी ६ महिना माइत बसेर ८ दिनअघि मात्र घर फर्केकी थिइन् ।
गत मंगलबार सासुले ससुरासँग अंगालोमा बाँधिएको फेला पारेर थप्पड लगाएको भन्दै गाउँभरी हल्ला गरेपछि बुहारी चन्द्रकला पुरै निराश र विक्षिप्त बनेकी थिइन् । सासुले त्यही विवरणसहित प्रहरीमा जोहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी दिनुअघि नै ससुरा जीतबहादुर घरबाट फरार भएका थिए । हालसम्म उनी घर फर्किएका छैनन् ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाउँदै मृतकको पोष्टमार्टम जाँच गरिसके पनि भिसेरा जाँचका लागि काठमाडौं पठाउने भएको छ ।
छिमेकी तेजबहादुर सुवेदीले अत्यधिक मानसिक तनाव झेलिरहेकी चन्द्रकलाको आत्महत्याको घटना पत्याउनै नसकिने बताए । ‘प्रहरीले घटनाको राम्रोसँग अनुसन्धान गरोस्’– सुवेदीले भने ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply