• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

एमाले कार्यकर्तामाथि आक्रमण

दुधे, २० भदौ / प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर उत्पन्न विवाद ३ महिला वित्दा पनि साम्य नभइरहेको अवस्थामा झापा धरमपुरको भानु माध्यमिक विद्यालयमा शनिबार एमालेले आफ्नो कार्यकर्तामाथि माओवादीबाट आक्रमण भएको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक भानु ढुंगानालाई पदमुक्त गरेर उनका समकक्षी तेजप्रसाद भट्टराईलाई प्रधानाध्यापकको नियुक्ति दिने निर्णय विद्यालय व्यवस्थापन समितिले गरे लगत्तै विद्यालय विवाद उत्पन्न भएको थियो ।
यसैबीच विद्यालयको उत्पन्न विषयलाई लिएर नेकपा एमाले धरमपुर गाउँ कमिटीका कार्यालय सचिव तारा सिग्देलमाथि शनिबार राति संघातिक आक्रमण भएको नेकपा एमाले धरमपुरले जनाएको हो । गाउँ कमिटीले एक प्रेस विज्ञप्ति जारी गरी सिग्देलमाथिको आक्रमण माओवादीले गराएको विज्ञप्तिमा उल्लेख छ । सिग्देलको लाइफलाइन अस्पताल दमकमा उपचार भएको थियो । घटनाका बारेमा नेकपा माओवादीले आधिकारिक रुपमा केही धारणा राखेको छैन ।
यता विद्यालय व्यवस्थापन समितिले शनिबार दिउँसो उत्पन्न विवादको निकासका लागि सर्वदलीय भेलाको आह्वान गरेको थियो । व्यवस्थान समिति र भेलामा सहभागी पार्टीै प्रतिनिधिबीच कुरा नमिलेपछि शनिबारदेखि विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply