• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

२७ उद्योगविरुद्ध मुद्दा

खिलानाथ ढकाल, भदौ १६- सरकारी मापदण्ड विपरीत खाद्यान्न बिक्री वितरण गरेको आरोपमा मोरङ र सुनसरीका २७ खाद्य उद्योगविरुद्व प्रशासनमा मुद्दा परेको छ। क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय विराटनगरको निर्देशनमा गुणस्तरहीन खाद्यान्न बिक्री वितरण गरेको अभियोमा अहिले ती उद्योगविरुद्व कारबाही थालिएको छ।
खाद्य प्रविधिले बजार अनुगमनका क्रममा ती उद्योगबाट लिइएको नमूना परीक्षणमा सरकारले १ सय ५ वटा खाद्य वस्तुमा तोकेको मापदण्ड मिचेर बिक्री वितरण गरेको भेटिएपछि खाद्य ऐन २०२३ अनुसार कारबाही थालिएको हो। खाद्य प्रविधिका क्षेत्रीय प्रमुख उपेन्द्र रायले ती उद्योगविरुद्व कारबाही थाल्न सम्बन्धित जिल्ला प्रशासनलाई पत्र पठाइसकेको जानकारी दिए।

'नमूना परीक्षणमा सरकारी मापदण्ड व्यापक मिचेको भेटिएपछि कारबाही थालिएको हो', उनले भने, 'सम्बन्धित जिल्ला प्रशासनमा मुद्दा चलाई कारबाही सुरु भएको छ।' ती उद्योगमा उत्पादन भएका खाद्यान्न उपभोक्ताले उपभोग नै गर्न नसकिने गरीको गुणस्तरहीन भएको खाद्य गुणस्तरलेे जनाएको छ।
कारबाहीको सिफारिसमा परेका उद्योगमा खानेतेलका १३, चाउचाउ ४, बिस्कुट ३, वनस्पति घिउ २, गहुँ-आँटा २, गाईभैंसीको घिउ एक, टफि चकलेट १ र मिक्स फ्रुट जाम रहेका छन्। कारबाहीमा परेकाहरु मोरङका १५ र सुनसरीका १२ उद्योग हुन्। बजार अनुगमनका क्रममा यी उद्योगहरुमा गुणस्तरहीन सामग्री बिक्री वितरण गरेको भेटिएको थियो।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply