यस्तो माशु खान बाध्य
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
पीटी लोप्चन /सोलुखुम्बु, ३० भदौ
पशु बध गरेको साता दिनसम्म राखेपछिको मासु खान उपयुक्त हुन्छ वा हुँदैन - जो कोहीले अनुमान गर्न सक्छन् ।
तर, सोलुखुम्बुको माथिल्लो क्षेत्र नाम्चे, खुम्जुङ र लुक्लाका बासिन्दाहरूले भने मासु काटेको तीन या चार दिनपछि मात्र उपभोग गर्दै आएका छन् । जुभिङ-३, हेल्कुमा रहेको बधशालामा पशु बध गरेको तेस्रो वा चौथो दिनमा मात्र त्यस क्षेत्रमा पुर्याउन सकिने मासु व्यापारीहरू बताउँछन् ।
माथिल्लो क्षेत्रलाई काटमार निषेधित क्षेत्र घोषणा गरेर बधशाला जुभिङमा झारे यता माथिल्लो क्षेत्रमा मानिसहरूले बासी मासु उपभोग गर्दै आएका छन् ।
राँगा वा भैंसीको मासु काटेर डोकोमा हालेर लाने गरेको र मासुलाई सड्न ब्रि्रन नदिने कुनै औषधि प्रयोग नभएको कर्साईहरू बताउँछन् ।
पशु वधशाला र मासु जाँच ऐन २०५५ र पशु वधशाला र मासु जाँच नियमावली २०५७ ले मासुलाई तत्काल बिक्री गर्न नसकी भोलिपल्ट मात्रै बेच्नुपरेमा त्यसको परीक्षण गरेर स्वस्थकर भएमा मात्र बेच्न पाइने व्यवस्था गरेको छ ।
नीति-नियम कार्यान्वयन गर्ने निकाय आँखा चिम्लेर बसेपछि पशुवध गरेको चौथो तथा पाँचौ दिनसम्म पनि मासु बिक्री गर्दै आएको उनीहरू निर्धक्कसँग बताउँछन् ।
यहाँ मासुका पारखीहरूलाई मासु खानै परेको छ भने कर्साईहरूलाई पनि आफ्नो व्यवसाय चलाएर जीविकोपार्जन गर्नै परेको छ । त्यसैले यहाँ र्सवसाधारणको स्वास्थ्यमा कुनै वास्ता छैन, सडेको मासु पनि उपभोग गर्छन् यहाँका उपभोक्ताहरू अनि बेच्नेहरू त झन् मासुमा परेको औंसा पनि निकाल्दै बेच्ने गरेको सुनाउँछन् । 'नबेचुँ भने हामीलाई घाटा पर्छ, अनि औंसा निकाल्दै भए पनि बेच्नर्ुपर्छ, यो हाम्रो बाध्यता हो,' कर्साई गौरीमान स्याङबोले आफूहरूको बाध्यता सुनाए ।
जुभिङको वधशालादेखि जिल्लाको माथिल्लो क्षेत्रमा पुग्नका लागि मात्र तीनदेखि चार दिन लाग्छ । त्यहाँ पुर्याउँदा मासु सडिसकेको हुन्छ । यसरी मासु बेच्दै आएको लामो समय भइसक्दा समेत यसतर्फकसैको दृष्टि पुगेको छैन । उनीहरूले मासु खाइरहेको भए पनि भित्रभित्रै रोगलाई निम्तो गरिरहेका छन् ।
व्यवसाय गर्ने नाममा जनस्वास्थ्यमा खेलवाड गर्दा समेत कसैको दृष्टि पुग्न सकेको छैन । जिल्लाको माथिल्लो भेगमै व्यवस्थित वधशालाको निर्माण गरिदिएको खण्डमा सोलुखुम्बुको माथिल्लो भेगका जनताले स्वस्थ मासु उपभोग गर्न पाउने र आफूहरूले यस्तो समस्या झेल्नु नपर्ने व्यापारीहरू बताउँछन् ।
Source :- Rajdhani
Filed Under: रिपोर्ट


0 comments
Trackback URL | Comments RSS Feed