झापाबाट विद्रोही र काठमाडौंबाट सिम्खडा पुरस्किृत हुने
मेचीनगर अनलाइन
|
Tuesday, September 28, 2010
|
0 comments
काठमाडौं, आश्विन १२ - यस वर्षको टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार पत्रकार जिवेन्द्र सिम्खडालाई प्रदान गरिने निर्णय भएको छ । पुरस्कारको राशी २ हजार अमेरिकी डलर रहेको छ । विगत ५ वर्षदेखि अमेरिका बसोबास गर्दै आएका हेमप्रसाद पाठकको अग्रसरतामा उक्त पुरस्कार स्थापना भएको हो ।
दुई दशकदेखि व्यावसायिक पत्रकारितामा निरन्तर लागेका सिम्खडा हाल अन्नपूर्ण पोष्टका सम्पादक हुन् । यसैगरी यसवर्षको टंकप्रसाद-रमादेवी प्रोत्साहन पत्रकारिता पुरस्कार झापाका युवा पत्रकार माधव विद्रोहीलाई दिने निर्णय पनि भएको छ ।
त्यसको राशी ५ सय अमेरिकी डलर रहेको छ । दुवै पुरस्कार यही असोज १८ गते प्रदान गरिने छनौट समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed