• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

आफ्नै प्रेमिकाको गोली हानी हत्या

पाँचथर, ११ असोज,आफ्नै प्रेमिकालाई गोली हानी हत्या गरेर एक युवक फरार भएका छन् । उनीहरूबीच पाँच महिनादेखि प्रेम-सम्बन्ध थियो सिवा-७ की १९ वर्षीया सूक्ष्मा तुम्ब्रोकलाई उनका प्रेमी ताप्लेजुङ चाँगे-१ निवासी करिब २० वर्षीय पवन नामले चिनिने समुखहाङ् आङ्बोहाङले हत्या गरेका हुन् । फरार आङ्बुहाङको सशस्त्रसहितको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव श्रेष्ठले बताए 

बि्रटिस आर्मी तालिम सेन्टर धरानमा बस्दै आएका आङ्बुहाङ गल्ला छनोटमा फेल  भएपछि फर्किने क्रममा आफ्नो प्रेमिकाको हत्या गरेर फरार भएका हुन् । उनले तुम्रोकलाई शुक्रबार भेट्न बोलाएर फिदिम तुम्रोक होटलमा तीन दिन सँगै राखेका थिए । छुट्ने समयमा हत्या गरेको होटलका प्रोप्राइटर विमला तुम्रोकले बताइन् 
मृतककी बहिनी सुमित्रा तुम्रोकका अनुसार ५ महिनादेखि उनीहरूबीच प्रेम-सम्बन्ध रहँदै आएको थियो । गत जेठ ११ गते विराटनगरमा भएको सहकारीसम्बन्धी गोष्ठीमा सहभागी हुने क्रममा उनीहरूबीच चिनजान भएको थियो  उनले भनिन्, 'मलाई माया गर्ने मान्छेले भेट्न बोलाएको छ भन्दै निस्किएकी दिदीलाई उसैले सिध्याएछ, यो कस्तो माया ?'
मृतकको बायाँ छातीमा गोली लागेको छ । घटनास्थलबाट प्रहरीले मृतकको मोबाइल, ब्याग र फरार अभियुक्तको नागरिकतासहित थप कागजात तथा गोलीको खोका बरामत गरेको छ । गोलीको खोका पेस्तोलको हुन सक्ने प्रनि श्रेष्ठले बताए । जाहेरी प्रक्रिया ढिलाइले गर्दा मृतकको पोस्टमार्टम हुन सकेको छैन 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply