झापामा यसरी चल्छ २ नम्वरी धन्दा
मेचीनगर अनलाइन
|
Saturday, September 11, 2010
|
0 comments
दिनेश कार्की झापा ।
सुन्दा पनि अचम्म लाग्न सक्छ, पत्याउ पनि गाह्रै पर्छ कि तस्करीले तस्कर गर्न नपाउँदा झापामा यातायात तथा बजार ठप्प पारे भन्दा । तर यसमा कुनै अप्ठ्यारो वा अचम्म मार्नु पर्दैन, यस्ता घटना झापामा थुप्रै घट्ने गरेका छन् । सोही क्रममा भदौ १३ गते आइतबार भद्रपुर–विर्तामोड सडक खण्ड ठप्प भयो साथै सम्पूर्ण बजार पनि । झापाका प्रहरी प्रमुख एसपी रवीन्द्र शर्माले अनावश्यक पैसा असुलेर ज्यादति गरेको भन्दै स्थानीय व्यवसायीले सदरमुकाम चन्द्रगढी र भद्रपुर बजार बन्द गराएका हुन् । गत ८ भदौमा भन्सार तिरेर भित्रयाइएको सामान एसपी शर्माले बरामद गरेको भन्दै आक्रोसित व्यवसायीले बन्द आह्वान गरेका हुन् ।
मागेजति पैसा नदिएपछि एसपी शर्माले आफ्नो सामान नियन्त्रणमा लिएको व्यवसायी विजय साहको भनाई छ । भद्रपुरको भद्रकाली अर्डर एन्ड सप्लायर्स सञ्चालक साहले नेहा स्टोर्स काठमाडौ“का लागि पठाउन लागेको एक लाख १३ हजार रुपैया“बराबरको लत्ताकपडा प्रहरीले बरामद गरी मेची भन्सारमा दाखिला गरेको थियो । ९ भदौमा विर्तामोडमा साहले पत्रकार सम्मेलन गरी भन्सार प्रक्रिया पूरा गरेको प्रमाण्ँ पेस गरेका थिए ।
पत्रकार सम्मेलनमा साहले सामान आङ्खनो भएको दाबी गरे पनि सो सामान भद्रपुरका व्यसायी सञ्जीव घोÈको थियो । घोÈ वारिपारि व्यापारमा सक्रिय छन् । उनले प्रहरीलाई ‘लाइन’ मिलाएर झापाको भद्रपुरबाट हवाईजहाजमार्फत सटिर्ङ–सुटिङका कपडा काठमाडौ“ पठाउ“दै आएका थिए । उनको सामान बोकेर आएका गाडी भद्रपुर विमानस्थलमा विनाचेकजा“च छिर्न पाउ“थे । घोÈ सामान वारिपारि गरी नाम कमाइसकेका ख्यातीप्राप्त व्यवसायी पनि हुन् । उनले लाइन बन्द गरेर स्थलमार्गबाट सामान पठाउन थालेपछि प्रहरीले बार्गेनिङ सुरु गरेको थियो । स्रंोतका अनुसार सामान बरामदपूर्व उनीस“ग प्रहरीले मासिक १५ हजार रुपैया“ मागेको थियो ।
बरामद सामानलाई बेवारिसे बनाएर भन्सार दाखिला गर्न एसपी शर्माले मातहतको विर्तामोड प्रहरीलाई निर्देशन दिएका थिए । भन्सारले नियमसंगत ल्याइएको सामान नमिल्ने भन्दै बुझ्न अस्वीकार गरेपछि प्रहरीले सामानको वैधानिकता जा“चका लागि आन्तरिक राजस्व कार्यालय मेचीलाई गुहारेको थियो ।
सोही विषयमा कुरा गर्दा झापा उद्योग वाण्ँिज्य संघका अध्यÔ राजेन्द्र घिमिरेले नियमविपरीत प्रहरीले सामान समातेर व्यवसायीलाई दुःख दिन खोजेको बताउ“छन् । ‘सबै कागजात हु“दाहु“दै सामान समात्नु व्यवसायीको मनोबल गिराउने प्रयत्न हो,’ उनले भने, ‘प्रक्रिया पूरा नगरेका सामान समात्न प्रहरीलाई छुट छ, त्यसमा सहयोग गर्न हामी पनि तयार छौ“ ।’
स्रोतका अनुसार एसपी शर्माले भद्रपुर प्रहरी चौकीका प्रहरी नायव निरीÔक कुन्दन देवलाई भारतबाट आयात हुने गरेको सामानबाट ‘लाइन’ लिन खटाउने गरेका छन् । मासिक रूपमा निश्चित रुपैया“ दिने सहमति भएपछि लाइन मिलेको मानिन्छ । लाइन मिलाएर ल्याएको अवैध सामान प्रहरीले समात्दैन । लाइन मिलाउनकै लागि एसपी शर्माले घुमुवाका रूपमा प्रहरी रमेश कार्कीलाई परिचालन गरेका छन् । देव र कार्कीस“ग लाइन मिलेपछि मात्र अवैध सामान भित्रयाउन पाइन्छ । नेपाल–भारत सीमाको भद्रपुर, का“करभिट्टा, नकलबन्दा, लगायतका नाका भएर दैनिक हजारौ“को लत्ताकपडा, खाद्यसामग्री, रड, सिमेन्ट रासायनिक मल र इलेक्ट्रोनिक सामान भित्रिने गरेको छ । ती सामान भित्रयाउन यहा“का व्यवसायीले मासिक १५ हजारदेखि एक लाख रुपैया“सम्म तिर्ने गरेका छन् ।
प्रहरीले मासिक न्यूनतम १५ हजारभन्दा तल झरेर सम्झौता नगर्ने स्रोतको दाबी छ । लाइन दिएपछि व्यवसायीले जुनसुकै वेला जस्तोसुकै सामान नेपाल भित्रयाउन पाउ“छ । सीमाÔेत्रबाट नेपाल भित्रिने सामानमा प्रहरीले कडाइ नगर्दा झापाका बजारमा प्रतिबन्धित भारतीय खानेतेल र सिमेन्ट बिक्री भइरहेको छ । गुणस्तरहीन ठहरिएपछि सरकारले तुलसीलगायत भारतीय तेलको आयात र बिक्री वितरणमा रोक लगाएको थियो । एसपी शर्माले भने पैसा लिने नियतले सामान बरामद नगरेको बताए पनि यसमा कुनै सत्यता भेटिदैन ।
जसले जे भने पनि र जस्तो घटना घटेपनि झापामा हुने तस्करीका कारण प्रहरी प्रशासन नै हो । प्रहरी प्रशासनको सहयोमा नै यस्ता खाले कारोबार हुने गरेका छन् । लाइन मिलुन्जेल कानमा तेल हालेर बस्ने अनि लाइन नमिल्दा वा आफूलाई अप्ठेरो पर्दा धरपकड गर्ने प्रहरी प्रशासनको यो पुरानै शैली हो । अर्कोतर्फ तस्करीले तस्कर क गर्न पाइन भनेर पत्रकार सम्मेलन, बन्द पनि गरिरहन्छन् । सोही क्रममा भद्रपुर–विर्तामोड सडक खण्ड पनि बन्द भएको हो । जसको ्कारण एउटै थियो कि हामी स्वतन्त्रपूर्वक कालोबजारी÷तस्करी गर्न पाउनुपर्छ, हामीले तस्करी गर्दा प्रशासन अर्कोतर्फ फर्किनु पर्छ, तस्कर गर्दा कुनै प्रहरीले धरपकड ग¥यो भने उसलाई कारवाही हुनुपर्छ भन्ने तस्करहरुको माग थियो । सायद यो माग उनीहरुका लागि जायज थियो होला र नै आफ्नो माग पूरा गर्न र गराउन बन्दको आह्वाहन गर्दै सञ्चारमाध्ममा सम्पूर्ण झापाबासीको हवला दिएर प्रेस विज्ञप्ति छपाए र बन्द गर्न सबै तस्करहरुलाई आह्वाहन गरेका थिए । लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण उपलब्धी बन्न पुग्यो यो । यो सबै स्थानीय आयात निर्यात गर्ने संजीव घोष, विजय साहा लगायतका समहूको काम थियो । उनले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका लाखौं मूल्य बराबारको सामान प्रहरीले पक्राउ गरेपछि प्रहरीको कारवाहीको माग गर्दै सो बन्द गरेका थिए । बन्दको क्रममा केही स्थानीयसँगै एक सञ्चारकर्मी समेत घाइते बनेका थिए । प्रहरीले संकास्पद कुनै पनि सामानको छानविच÷चेकजाँच गर्नु उसको कर्तब्य हुन आउँछ । छानविनका क्रममा कुनै पनि सामानको छानविन गर्नु उसको प्रमुख दायित्व पनि हो । व्यापारीले व्यापार गर्दा प्रहरीले अवरोध गरे त्यसको प्रतिवाद गर्नु, सम्बन्धीत निकायमा मार्फत कुरा गर्नु जायज मान्न सकिन्छ तर प्रहरीलाई कारवाहीको माग गर्दै बन्द गर्नु कतिको जायज मान्ने । कालोबजारी गर्नु पाउनपर्छ भन्दै झापाका प्रहरी प्रमुख एसपी रवीन्द्र शर्मालाई निलम्बनको माग गर्दै बन्द गराउने संजीव घोष, बिजय साहा, अर्जुन ठकुरी लगायतका ६ जनालाई विरुद्ध सार्वजनिक मुद्दा लागाई कारवाही प्रक्रिया प्रहरीले अगाडि बढाइरहेको छ । प्रहरी र तस्करीहरुबीच बढ्दै गएको विवादले झापाको भद्रपुर, गलगलिया लगायतका क्षेत्रमा हुने तस्करी केही समयमा लागि रोकिएको पनि छ । तर, यसको मतलब यो होइन की अब झापाका यी क्षेत्रमा कालोबवारी हुँदैन भन्ने ।
नेपालका सीमावर्ती जिल्लाहरुमा कालोबजारी निकै फस्टाएको छ जुन कुरा अकाट्य हो । सीमावर्तीत क्षेत्रका बजारहरुमा अधिकांश अवैध रुपमा भारतबाट ल्याएइएका भारतीय सामान मात्र पाइन्छ । यी सामान कहाँबाट र कसरी आउँछ त्यसको कुनै खोजी कार्य हुन सकेको छैन । तर यति धेरै मौलाएछ कि कालोबजारी गर्न नपाउँदा बन्द गर्न समेत पछि पर्दारहेनछन् भन्ने कुरा झापामा हुने यस्ता खाले घटनाबाट प्रष्ट हुन्छ पोके तस्कर र सशस्त्त प्रहरप्बीच हप्तै पिच्छे झडप भइरहन्छ । दैनिक रोजगारीको अवसर नभएर निम्न वर्गका साना व्यापारीहरु जीवन यापनका लागि बैकल्पीक रोजगारीका लागि भारतबाट अवैध मात्रामा भारतबाट नेपाल सामान भित्र्याउनेको जमात ठूलै छ । भारतबाट नेपाल भित्रने सामानहरु सबैभन्दा ठूलो परिणामा सार्वजनिक बस मार्फत नेपाल भित्रिने गरेको छ । त्यसको साथै साइकलबाट पनि दैनिक लाखौंको सामान नेपाल भित्रन्छ । नेपालका सीमावर्तीत बजारमा अधिकांश अवैध मात्रामा नेपाल भित्र्याइएका सामानहरु बढी खपत हुने गरेको छ । झापाको विर्तामोड सडकको पेटीमा राखिएका फूटपाते पसलहरुमा ९० प्रतिशत भारतीय सामान हुने गर्छन् । भारतबाट, सिमेन्ट क्यामिकल, विभिन्न ब्रान्डका खाने तेल, लत्ताकपडा, फोटोकपी पेपर, तरकारी, मसला, नुन, रायायनिक मल, कस्मेटिक सामान, मोटर पाट्स लागयतका समाग्री विशेष गरी नेपाल भित्रने गरेको पाइन्छ । झापाको पूर्वीद्वार काँकरभिट्टालाई झापाकै सबैभन्दा ठूला तस्करी हुने क्षेत्र मानिन्छि । जहाँबाट दैनिक रुपमा लाखौं मूल्यका सामान नेपाल भित्रने गरेको छन् । दैनिक रुपमा काँकरभिट्टाबाट पश्चिम जाने सवारी साधन बस बढी मात्रामा प्रयोग हुने गरेको छ अवैध सामग्री बोक्न साधनको रुपमा । सार्वजीक यातायातका बसहरु मान्छे (पेसिन्जरं) भन्दा पनि अवैध रुपमा ल्याइएका सामानले नै बस खचाखच हुने गरेको छ ।
झापामा राजश्व असुलीका लागि विभिन्न ठाउँमा १२ वटा भन्सार कार्यालय रहेका छन् । जसमध्ये ६ वटा छोटी भन्सार कार्यालय निष्कृय बनेका छन् । द्धन्द्धकालमा विस्थापित भएका छोटी भन्सार कार्यालयमा सुरक्षाको कारण देखाउँदै कर्मचारी जान नमानेपछि डाँगीबारी, घेरबारी, पन्थामारा, महाभारा, गाडागल्ली र सतिघट्टाको कारोबार ठप्प भएको मेची भन्सार कार्यालयका अधिकृत शिशिर घिमिरेले जानकारी दिनुभयो । १२ वटा भन्सार कार्यालय मध्ये हाल नकलबन्दा, बाहुनडाँगी, भद्रपुर, केचना र झापा छोटी भन्सारबाट मात्रै अहिले राजश्व असुली हुँदै आएको छ । भन्सार निष्कृय हुँदा ती क्षेत्रबाट निकासी तथा पैठारी हुने सामाग्रीको लेखा जोखा तथा राजस्व असुलीहुन सकेको छैन । हुनतः भन्सार कार्यालयमै दैनिक लाखौंको अवैध सामान नेपाल भित्रन्छ जसको कुनै लेखाजोखा नै गरिदैन भने भन्सार नै नभएको ठाउँमा के होला ? जसको सहजै अनुमान गर्न सकिन्छ ।
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed