• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

फाउण्डेशनको आयोजनामा जिल्ला व्यापी क्षेत्रीय स्तरको हाजीरी प्रतियोगिता

मदन भण्डारी फाउण्डेशन झापा शाखाको आयोजनामा झापाको सात वटै निर्वाचन क्षेत्र मा क्षेत्रीय स्तरको हाजिरी जवाफ प्रतियोगिता भाद्र २५ गते सम्पन्न भयो । 
क्षेत्र नं. २ को देवी मावि अनारमनीमा फाउण्डेशन झापा शाखाका अध्यक्ष एवम् नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य देवेन्द्र दाहालले पहिलो प्रश्न छनौट गरेर शुरु भएको प्रतियोगीतामा एमीटी बोर्डिङ्ग बिर्तामोड प्रथम, इडेन गार्डेन एजुकेशन फाउण्डेशन दोश्रो, शहिद दशरथ चन्द उमावि चारआली तेश्रो र विभुती विद्या मन्दीर उच्च मावि चन्द्रगढी सान्त्वना भएका थिए । २२ माविको सहभागीता रहेको प्रतियोगितामा हरिचरण
शिवाकोटी, नेत्र पाठक, गुरु भक्त न्यौपाने, सोमनाथ पोर्तेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । उपहार बुक्स सेन्टर विर्तामोडले प्रयोजन गरेको अध्यक्षता मोहनचन्द्र रेग्मी, संञ्चालन नगेन्द्र संगौला र सहजीकरण धन बहादुर पोख्रलले गर्नु भएको थियो ।

क्षेत्र नं. ५ को राष्ट्रिय रमणीय उमावि दुधेमा सम्पन्न प्रतियोगितामा चेतना मावि शिवगञ्ज प्रथम, त्रिभुवन मावि पाँचगाछी दोश्रो, क्याम्बृज मावि दुधे तेश्रो र गौरीशंकर मावि डाँगीवारी सान्त्वना भएको प्रतियोगिताको उद्घाटन मदन भण्डारी फाउण्डेशन झापा शाखाका सदस्य एवम् नेकपा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य हरि राजवंशीले गर्नु भएको थियो । मदन भण्डारी फाउण्डेसन झापा शाखा रचनात्मक क्रियाकलाप उपसमिति सदस्य अमृता राईको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको मा स्वागत मन्तव्य खगमाया गजुरेल र सञ्चालन गोविन्द काफ्लेले गर्नुभएको थियो भने नेकपा एमाले ५ नं. क्षेत्रीय कमिटी अध्यक्ष नारायण पोख्रल, भक्त बानिया, दधीराम खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  यसरी नै सहभागी बिद्यार्थी मदन बास्तोला र लक्ष्मी मैनालीले समेत मन्तव्य व्यक्त गर्नु भएको थियो । 

क्षेत्र नं. ४ को शनिश्चरे उमाविमा सम्पन्न प्रतियोगितामा महानन्द शिक्षा सदन बुधवारे प्रथम, कन्काई मावि सुरुङ्गा दोश्रो, पशुपती अग्रेजी आवासिय मावि सुरुङ्गा तेश्रो र आर्दश उमावि बुधवारे सान्त्वना भएको प्रतियोगिताको उद्घाटन मदन भण्डारी फाउण्डेशन झापा शाखाका सचिव चिन्तन पाठकले गर्नु भएको थियो । मदन भण्डारी फाउण्डेसन झापा शाखा रचनात्मक क्रियाकलाप उपसमिति सदस्य पार्वता बराईलीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सञ्चालन पुण्य सुवेदी र बालकृष्ण रिमालले गर्नुभएको थियो भने युवा संघ नेपाल झापाका सदस्य डम्वर यादब, अंगद धिमाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्षेत्र नं. १ को आर्दश मावि मेनपा मा सम्पन्न प्रतियोगितामा जनता मावि बाहुण्डागी प्रथम, कवि शिरोमणी मावि मेनपा दोश्रो, नर्थ प्वाईन्ट उमावि तेश्रो र तारापुन्ज अग्रेजी बोडिङ्ग सान्त्वना भएको प्रतियोगिताको उद्घाटन मदन भण्डारी स्र्पोटस् एकाडेमी झापाका अध्यक्ष डिल्ली घिमीरेले गर्नु भएको थियो । मदन भण्डारी फाउण्डेसन झापा शाखाका सदस्य एवम् नेकपा एमाले मेची नगर ईञ्चार्ज देवकुमार राईको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सञ्चालन टिकाराम मंग्रातीले गर्नुभएको थियो भने पुर्ण बहादुर खड्का ले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको प्रयोजन नर्थ प्वाईन्ट उमाविले प्रयोजन गरेको थियो । 

क्षेत्र नं. ७ को राष्ट्रिय रमणीय उमावि दुधेमा सम्पन्न प्रतियोगितामा सरस्वती मावि रंगपुर प्रथम, मंगलमय उमावि दोश्रो, लालिमा आवासीय विद्यालय तोपगाछी तेश्रो र नवोदय मावि सान्त्वना भएको प्रतियोगिताको उद्घाटन मदन भण्डारी फाउण्डेशन झापा शाखाका सदस्य एवम् नेकपा एमाले जिल्ला कमिटी उपसचिव मेनका काफ्लेले गर्नु भएको थियो । मदन भण्डारी फाउण्डेसन झापा शाखा रचनात्मक क्रियाकलाप उपसमिति सदस्य सुमित्रा भण्डारीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताकोमा सञ्चालन बद्री भट्टराईले गर्नुभएको थियो भने शिक्षक युनियन झापाका अध्यक्ष नारायण गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

क्षेत्र नं. ३ को हिमाली उमावि पृथ्वीनगरमा सम्पन्न प्रतियोगितामा ज्ञानसरोवर मावि पृथ्वीनगर प्रथम, मोर्डन अग्रेजी स्कुल भद्रपुर दोश्रो, लक्ष्मी प्रसाद देवकोटा मावि पथरिया तेश्रो र कचन कवल मावि बनियानी सान्त्वना भएको प्रतियोगिताको उद्घाटन मदन भण्डारी फाउण्डेशन झापा शाखाका सदस्य एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य टिका गुरुङ्गले गर्नु भएको थियो । मदन भण्डारी फाउण्डेसन झापा शाखा रचनात्मक क्रियाकलाप उपसमिति सदस्य एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य घनश्याम लकान्दीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताकोमा सञ्चालन दशरथ प्रधानले गर्नुभएको थियो भने अनेरास्ववियु क्याम्पस विषेश जिल्ला कमिटी अध्यक्ष नविन ढुङ्गाना, सागर कुमार रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

क्षेत्र नं. ६ को प्रगती मावि जुरोपानीमा सम्पन्न प्रतियोगितामा नमुना आवासीय मावि जुरोपानी प्रथम, ज्ञानज्योती मावि गौरादह दोश्रो, बिद्योदय शिशु सदन गौरादह तेश्रो र मकालु मावि महारानीझोडा सान्त्वना भएको प्रतियोगिताको उद्घाटन मदन भण्डारी फाउण्डेशन झापा शाखाका सदस्य एवम् नेकपा एमाले ६ नं. क्षेत्रीय अध्यक्ष योगराज दाहालले गर्नु भएको थियो । मदन भण्डारी फाउण्डेसन झापा शाखा सदस्य एवम् मदन भण्डारी स्र्पोटस् एकाडेमी नगेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताकोमा सञ्चालन डिल्ली अधिकारीले गर्नुभएको थियो । रमेश पोख्रेलले स्वागत गर्नुभएको सो प्रतियोतिामा यज्ञ भेट्वाल, मोहन मिश्र लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  
क्षेत्रीय स्तरको यो प्रतियोगिताबाट प्रथम भएका बिद्यालयलाई सहभागी गराएर यहि असोज ०८ गते कन्काई क्याम्पस विर्तामोडमा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिने छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply