• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

विश्व साइकल यात्रामा बुढाथोकी जर्मनमा

दमक नगरपालिका १० का ढाकेश्वर बुढाथोकी विश्व साइकल यात्राको क्रममा जर्मनी पुग्नुभएको ।५४ वर्षीय बुढाथोकी नेपालका २२ वटा जिल्लाहरु जापान, अष्ट्रेलिया, थाइल्याण्ड, इजरायल लगायतका ३१ देशको यात्रा गर्दै त्यहाँ पुग्नुभएको हो जर्मनी उहाँको ३२औं देश भएको महिने प्रवेशाज्ञामा बुढाथोकी डेनमार्क, नर्वे, स्वीडेन नेदरल्याण्डको यात्रा गर्नुहुँदैछ
विश्व शान्ति वन्धुत्वका लागि सन्देश दिन वर्ष महिना पहिलेबाट यात्रा थाल्नुभएका बुढाथोकीले कहिले झरी, कहिले घाम, कहिले उकाली, कहिले ओराली, कहिले सुनसान कहिले मानववस्तीविहिन लामा राजमार्गहरु यात्रा गर्दाका तीता अनुभवहरु संगाल्नुभएको बताउँनुहुन्छ ४८ वर्षकी श्रीमति कौशिल्याले सधै कचकच गर्थिन्, परिवारका लागि सम्झनुपर्दैन ? के पाउनुहुन्छ
साइकल चलाएर ? यस्ता अप्ठ्यारा प्रश्नहरु गर्थिन् अचेल कराउंदा कराउदा थाकिसके परिवारका सबै सदस्यहरु बुढाथोकी भन्नुभयो: “सयौ नेपाली दिदीबहिनी दाजुभाइहरुको सहयोगले सबै समस्याहरु बिर्सेर चुनौतिको सामना गर्दैछु मलाई विश्वास , यात्राको कीर्तिमानसहित नेपाली राजनीतिज्ञहरुलाई विश्व शान्ति वन्धुत्वको सन्देश दिन पाउनेछु ।उहाँको यात्राका लागि नेपाली संघसंस्था व्यक्तिगत सहयोगहरु निरन्तर पाइरहेकोमा खुशी हुनुहुन्छ बुढाथोकी गोर्खा ब्रिटिश क्याम्पले हजार डलर खड्क बहादुर कार्की मोरङ हाल इजरायलले सय डलर सहयोग गर्नुभएको लगयतका खुशीका विवरण छन् उहाँसँग सबै ठाउँमा नेपालीहरु भेटिनुहुन्छ शुभकामना दिनुहुन्छ, सहयोग गर्नुहुन्छ अनि थप हौसला बढ्छ पैदल मारेर दुखेका खुट्टा, तिघ्रा, साप्रा थकित जिउले नयाँ नेपालीसँगको भेटमा थकाइ दुखाइ सबै बिर्सिन्छ भन्नुहुन्छ बुढाथोकी ।नेपाली ढाका टोपीमा देखिनुहुने बुढाथोकीले साइकलमा नेपालको राष्ट्रिय ध्वजा फहराउदै सन् २०१३ सम्मको वर्षे विश्व यात्रा तय गर्नुभएको

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply