तीजको अवसरमा ५० वृद्धालाई सम्मान
मेचीनगर अनलाइन
|
Saturday, September 4, 2010
|
0 comments
धुलावारी १९ भाद्र झापाको मेचीनगर नगरपालिका वडा नं. ५ खुट्टेडाँगीमा आज तीज विशेष कार्यक्रम अन्तरगत ५० जना वृद्धालाई सम्मान गरिएको छ ।
पृथक ढंगले तीज मनाउने सोच बनाउदै स्थानिय महिलाहरुको समूहले वृद्धाहरुलाई सम्मान गरेको हो । सो कार्याक्रममा बोल्दै समूहकी अध्यक्ष मीरा पोखरेलले हिन्दू नारीहरुले परम्परालाई निरन्तरता दिँदै आप्mनो सोचमा समयानुकुल परिवर्तन सहित तीज मनाउनुपर्ने बताएकी छन् । त्यस्तै तीजकै अवसरमा दमकमा पनि भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममो प्रसिद्ध लोक गायिका कोमल ओलीले आप्mना चर्चित गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । त्यसैगरी दुहावढी गाविसका महिलाहरुले सामूहिक तीज कार्यक्रम सम्पन्न गरेका छन् । नयाँ संविधान चाँडो बनाउन गतिरोध हटाउन र कुुर्सी मोह त्यागी
शान्ति प्रक्रियाको सार्थक निष्कर्षका लागि तुरुन्तै लागी हाल्न नेताहरुलाई गीत र नृत्यका शैलीबाट सुझाव दिएका छन् ।Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed