एम्वुलेन्स चल्न सकेन ।
मेचीनगर अनलाइन
|
Wednesday, September 1, 2010
|
0 comments
तपाईसँग सामान छ तर सदुपयोग गर्न नसक्दा त्यसको के अर्थ हुन्छ र ? यस्तै अर्थहिन बनेको छ झापाको दक्षिणी गाविसमा शिवगञ्जमा रहेको एम्वुलेन्स पनि । वर्खायामले गर्दा भएको सडक खण्डमा पनि सवारी साधन आवतजावत गर्न नसक्ने भएपछि अत्यन्त आवश्यकताको रुपमा लिईने एम्वुलेन्स सेवा त्यसै ठप्प भएर बसेको छ । झापाको दुधे बाट महाभारा जोड्न सडकमा दुई महिनादेखि एम्बुलेन्स सञ्चालनमा कठिनाइ भएको छ । सडकमा ठुला ठुला खाल्डा परेका कारण सो सडकको पाँचगाछि–महाभारा खण्डमा वर्षायाम सँगै एम्बुलेन्स चल्न नसकेको झापा उद्योग बाणिज्य सं
घ शिवगञ्ज शाखा द्धारा सञ्चालित एम्बुलेन्सका चालक शिव रेग्मिले बताउनुभयो । सो सडक खण्डमा ठुला यात्रु बाहक बस समेत सञ्चालनमा समस्या हुने गरेकाले साना सवारी साधन चल्न नसकेको उहाले जनाउनुभयो । एम्बुलेन्स चन्न नसक्दा ति गाबिसका बासिन्दालाई समस्या परेको शान्ति समिती महाभाराका अध्यक्ष बृहस्पति उप्रेतीले बताउनुभयो ।Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed