शरणार्थीको पुनःगणना सुरु
मेचीनगर अनलाइन
|
Wednesday, September 1, 2010
|
0 comments
विर्तामोड भाद्र १७ पुनर्गणनामा छुटेको शरणार्थीको पुनर्वास पक्रियाको प्रारम्भिक काम सुरु भएकोे छ । सन् २००६ मा भएको पुर्नगणनामा छुट भएका उनीहरुको दुई वर्षपछि पुनर्गणना र फोटो खिच्ने काम भएको थियो । शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्चयोग र पुर्नवासमा सम्लंग्न आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन आइओएमले बुधबारबाट उनीहरुसँग अन्तरवार्ता लिने काम सुरु गरेका हुन् । झापा र मोरङका सात वटा शिविरबाट छुट भएका तीन सयभन्दा बढी भुटानी शरणार्थीले पुनर्वासमा जान निवेदन दिएका भए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन् ।
दम बेलडाँगी १ शिविरका सचिव टिवी गुरुङले त्यो शिविरबाट मात्र ६० जनाको पुनर्वास निवेदन उपर छानविन सुरु भएको बताए । यता राहत बञ्चित शरणार्थीको विषयमा भने नेपाल सरकार र उच्चायोगले कुनै पनि प्रक्रिया अघि बढाएका छैनन् ।
अमेरिकमामा तीस हजार शरणार्थी पुनस्र्थापित
यसैबीच, अमेरिकाले नेपालमा शरणार्थी जीवन बिताइरहेकामध्धे ३० हजार भुटानी शरणार्थीलाई पुर्नस्थापित गरेको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले बुधबार एक विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो । अमेकिी दूतावासले दिएको जानकारी अनुसार अमेरिकाको ५० वटै राज्यमा भुटानी शरणार्थीलाई पुनस्र्थापना गरिएको छ ।
Filed Under: शरणार्थी

0 comments
Trackback URL | Comments RSS Feed