• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

साढे तीन करोडको श्रमदान

तीनबर्ष अघिको दमक नगरपालिका र अहिलेको नगरपालिकामा ठुलो परिवर्तन भएको सबैले देख्छन् ।त्यतीबेला नगरका सडक सांघुरा थिए,ढलको बन्दोबस्त थिएन ।भत्किसकेको पिच बाटो थियो ।तर अहिले यो शहरको रुप परिवर्तन भएको छ ।कालोपत्रे गरेका चौडा सडक,ढलको प्रबन्ध सफा सडक पेटी ।

   २०३९सालमा नगरापलिका घोषणा भएको यो शहरमा पछिल्ला तीनबर्षको यो परिवर्तन कुनै सरकारी लगानी वा दाताको सहयोगमा मात्र भएको होइन ।यसको प्रमुख कारण यहांका बासिन्दाले
नगरको बिकासको लागी देखाएको चासो,श्रम र पैसाको लगानी भएको नगरबासीहरु बताउछन् ।
  आर्थिक बर्ष २०६६,०६७मा दमक नगरापलिका ३करोड ५०लाख रुपैंया बराबरको श्रम र पैसा नगरापलिका बिकासका लागी स्थानियबासिन्दाले खर्च गरेका छन् ।अघिल्लो बर्ष करिब ३करोड रुपैंया स्थानियबासिन्दाले खर्च गरेका थिए ।‘आफनो ठांउलाई आफै बनाउने अभियानको प्रतिफल हो यो ’कार्यकारी अधिकृत पसुपती खतिवडा भन्छन् ‘भत्केका सडक र सडकमा बगेको फोहोर ब्यबश्थापन गर्न नगरपालिकाले अघि सारेको अभियानमा नगरबासीले खुलेर सहयोग गरेका छन् । ’नगरापलिकाले तयार गरेको ‘कृषिमा आधारित आद्योगिक शहर,आत्मनिर्भर,सुरक्षित,ब्यवस्थित र समृद्ध शहर’भन्ने नारालाई सफल पार्नका लागी पनि सडक र ढललाई नगरपालिकाले बिशेष प्राथमिकतामा राखेको कार्यक्रम अधिकृत डम्बर बराल बताउछन् । 
   नगरमा सञ्चालन गरिएको गांउ नगर साझेदारी कार्यक्रम अन्तरगत गठन गरिएको टोल बिकास संस्थाहरु योजना छनौट र श्रमदान जुटाउने मुख्य आधार भएको बरालले बताए ।‘टोलटोलका योजनाहरु टोलबिकास संस्थाले आफै छनौट गर्ने भएकोले तिनलाई सम्पन्न गर्ने दायित्व पनि उनीहरुले आफनै सम्झन्छन् ’बराल भन्छन् ‘जसले गर्दा नगरपालिकाले उपलब्ध गराउने रकम बाहेक अन्य रकम कसरी उठाउने भन्ने निणर्य उनीहरुले आफै गर्छन् ।’
   नगरापलिकाले जगेडा कोष,स्थानिय बिकास शुल्क,शहरी बिकास अनुदान,स्थानिय यातायात पूर्वाधार जस्ता कार्यक्रम अन्तरगत उपभोक्ताहरुलाई रकम उपलब्ध गराउदछ ।यी सबै शिर्षक अन्तरगत गत आर्थिक बर्षमा करिब साढे ३करोड रुपै.या नगरपालिकाले बिकसामा लगानी गरेको योजना शाखाको तथ्यांकमा देखिन्छ ।‘हामीले जती रकम दिन्छौ उपभोक्ताले त्यती नै थपेर काम गर्छन् ’योजना शाखाका सुब्बा धनबहादुर श्रेष्ठले भने ‘योजना प्रस्तावसंगै उपभोक्ताहरुले नगद जम्मा गर्ने गरेकोले पैसा नउठ्ला भन्ने चिन्ता छैन ।’
   नगरपलिकाको कुल बजेट १०करोड रुपैया रहेकोमा त्यसको एक तिहाइ भन्दा बढी रकम उपभोक्ताले उठाएर नगरपालिकाको खातामा जम्मा गर्ने गदर्छन् ।शहरी क्षेत्रका उपभोक्ताहरुले प्रतिफूट २हजार रुपैंया सम्म पैसा उठाएर सडक र ढलमा लगानी गर्ने गरेका छन् ।फाल्गुन्द चौकबाट संगमा चौक जाने १३सय मिटर ढल र सडक चौडा गर्नक लगी करिब १करोड ७०लाख रपैंया खर्च भइसकेको छ ।त्यसमध्ये आधा अथार्त ८५लाख रुपैंया स्थानियबासिन्दाहरुले संकलन गरेका छन् ।सडक उपभोक्ता समितीका अध्यक्ष घनेन्द्र सुब्बा अनुसार शरणार्थी शिबिर आउजाउ गर्ने यो सडक सांघुरो भएकोले यसलाई चौडा बनाएर ढल बनाइएको हो ।‘सडकमा जग्गा जोडिएका उपभोक्ताबाट प्रतिफूट १हजार र ५सय मिटर वरपर घरजग्गा भएका उपभोक्ताबाट २सय रुपैंया उठाएर सडकमा लगानी गरेको हौ’सुब्बाले कान्तिपुरलाई भने ‘नगर बिकास र जनपरिचालनका लागी दमकलाई हामीले उत्कृष्ट नगरपालिका कै रुपमा लिन्छौ ।’ करिब ८०हजार जनसंख्या भएके नगरमा यत्रो रकम श्रमदानबाट जम्मा हुनु गौरव गर्न लायक भएको सुब्बाको धारणा छ । 
   सडक र ढल बनाउन उपभोक्ताहरुले उत्साहित भएर लगानी गर्ने स्थानियबासिन्दाहरु बताउछन् ।घर अगाडीको सडकमा पिच र ढल भएमा जग्गाको मूल्य बृद्धी हुने कारणले पनि उपभोक्ताहरु लगानीक लागी तत्पर रहने  गरका छन् ।
  नगरमा भएको श्रमदान ,कामको पारदर्शीता आदीका आधारमा यो बर्ष स्थानिय बिकास मन्त्रालयले गरको बर्गिकरणमा दमक नगरपालिका पहिलो नम्बरमा परेको कार्यकारी अधिकृत खतिवडाले बताए ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply