‘तोकिएको समयमा सरकारी अस्पतालमै व्यस्त छु’
मेचीनगर अनलाइन
|
Monday, September 13, 2010
|
0 comments
भद्रपुर २९ भाद्र मेची अञ्चल अस्पतालका बालरोग विशेषज्ञ डा. टंक बाराकोटीले आपूmलाई तोकिएको समयको पूर्ण पालमा गरेर अस्पतालमा सेवा गर्दै आएको प्रष्ट पारेका छन् ।
‘निजी अस्पतालमै बढी व्यस्त छन् सरकारी अस्पतालका डाक्टरहरु’ शीर्षकको समाचारमा आइतबार मेचीनगर अनलाईनमा प्रकाशित भएपछि आप्mनो नाम मुछिएकोमा आपत्ति जनाउँदै डा. बाराकोटीले उक्त कुरा प्रष्टपार्नुएको हो ।
उहाँले बिहान ९ देखि दिउँसो २ बजेसम्म सरकारी अस्पतालमै रहेर तोकिएको ड्युटी पूरा गर्दै आएको र उक्त समय बाहेक अन्य समयमा निजी क्लिनिक र निजी अस्पतालमा सरकारको स्वीकृति लिएर सेवा पुर्याउँदै आएको जनाउनु भयो ।
डा. बाराकोटीले भद्रपुर १ की रणुका धमलाको नवजात शिशुको मृत्यु चिकित्सका लापर्वाही र उपचारको क्रममा नभएको पनि प्रष्ट पार्नुभयो । शिशु सुतेकै अवस्था मृत भएको पनि उहाँले बताउनु भएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed