पत्रकार दवाडी गरे शरिरदान
मेचीनगर अनलाइन
|
Wednesday, September 1, 2010
|
0 comments
विर्तामोड भाद्र १७ पत्रकार छविलाला दवाडीले मरणोपरान्त शरीरदानको घोषणा गरेका छन् । झापा सतासीधामका स्थायी बासिन्दा दावाडीले चिकित्सा शास्त्रको प्रयोगात्मक अध्ययन÷अध्यापन कार्यमा उपयोग गर्न पाउने गरी शरीरदानको निर्णय गरेका हुन् । शरीरदान सम्बन्धी मञ्जुरीनामा बुझाएपछि बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा दवाडीले भने, ‘शरानी हुने शरीर कुनै विद्यार्थीले अध्ययन गर्न पायो भने केही उपलब्धि हुने ठानेर शरीरदानको घोषणा गरेको हुँ’ । झापाको विवेचना दैनिकबाट पत्रकारिता सुरु गरेका ४६ वर्षिया दवाडीले पछिल्लो समयमा झापा पोष्ट दैनिक र पाथिभरा एफएम दमकमसँग सम्वन्ध रहेका छन् भ
ने राष्ट्रिय रमणीय आदर्श उच्च माध्यमिक विद्यालय दूधेका लेखापाल समेत रहेका छन् । पनि काम गरेका थिए । उनले शरीरदानको मञ्जुरीनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाएका छन् । पूर्वमा मरणोपरान्त शरीर दान गर्नेहरु हालसम्म ३ सय १६ जना रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दुवाडी सम्भवत शरीरदान गर्ने नेपालकै पहिलो पत्रकार हुन् ।Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed