उत्पीडित समाजमा गाउँ भेला सम्पन्न
मेचीनगर अनलाइन
|
Saturday, September 18, 2010
|
0 comments
गरामनी असोज २ / नेपाल उत्पीडित जातीय मुक्ति समाज गरामनीको तेश्रो गाँऊ सम्मेलन शनिबार दुर्गा मावि गरामनीमा सम्पन्न भयो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटी सदस्य एवम् झापा ईञ्चार्ज पार्वता बराईलीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै बराईलीले अधिकार लिने अहिले उपयूक्त बेला भएको हुदाँ उत्पीडित दलित समुदाय जागरुप हुनु पर्ने बताउनु भयो । सम्मेलनमा मुक्ति समाज नेपालका पुर्व झापा अध्यक्ष एवम् जिल्ला सल्लाहकार अध्यक्ष सोमनाथ पोर्तेलले संगठनले अगाडी सारेको निती, कार्यक्रम र बर्तमान अवस्थाको बारेमा र जिल्ला अध्यक्ष घनश्याम लकान्द्रीले जिल्ला कमिटीको आगामी योजनाको बारेमा प्रष्ट पार्नु भएको थियो ।
सम्मेलनले लक्ष्मी मोतेको अध्यक्षतामा ९ सदस्यीय गाऊ कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रमा परियार, मेनुका सिन्चीउरी र अम्बर ल्वागुन रहनु भएको छ । यसरी नै सदस्यहरुमा चन्द्र दास, निर्मला परियार, ओम बहादुर शंकर, पुर्ण बयलकोटी र रविलाल परियार रहनु भएको छ ।
लक्ष्मी मोतेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा मुक्ति समाज नेपालका जिल्ला कमिटी सह- सचिव माया बागदास, कोषाध्यक्ष मानबहादुर बर्देवा, सदस्यहरु सुर्यकुमारी कार्कीडोली, नारायण दर्जी, एमाले गरामनी उपसचिव कृष्ण विष्ट, सदस्य बेदनिधी नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मेनुका सिन्चीउरीले गर्नुभएको थियो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed