• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

भन्सारमा संयुक्त गस्ती

पर्वत पोर्तेल का“कडभिट्टा– मेची भन्सारले डेढ सातादेखि सीमामा संयुक्त गस्ती शुरु गरेको छ । अवैध चोरी पैठारी नियन्त्रणका लागि खटाइएको सशस्त्र प्रहरीले जिम्मेवारी वहन गर्न नसकेको भन्दै भन्सारले संयुक्त गस्ती शुरु गरेको हो । 
तस्करको प्रलोभनमा परेर अवैध धन्दा नियन्त्रण गर्न नसकेको प्रहरीलाई आरोप छ । 
भन्सार अधिकृतको नेतृत्वमा करिव ५ जना र सशस्त्रका निरीक्षकको नेतृत्वमा त्यतिकै संख्यामा टोली परिचालन गरिएको हो । टोलीले अवैध सामान भित्र्याउने मुख्य नाकाहरु मेची पुल, वाहुनडागी नकलवन्दा र सतिघट्टा छोटी भन्सारलगायत आसपास क्षेत्रमा गस्ती गर्दैै आएको छ । 

यी अत्याधिक अवैध कारोवार हुने नाका मानिन्छन् । भन्सार अधिकृत उमेश वस्नेतले चोरी पैठारीमार्फत सामान भित्रन नदिन संयुक्त गस्ती परिचालन गरिएको जानकारी दिए । टोली प्रत्येक दिन विहान वेलुका र आइपरेको जुनै वेला पनि गस्तीमा खटिने गरेको छ । वस्नेतका अनुसार परिचालन भएयता टोलीले करिव ५ लाख मुल्य वरावरको अवैध सामान वरामद गरेको छ । टोली परिचालनपछि अवैध धन्दाका कारोवार केही मात्रमा निरुत्साहित भएको भन्सारको दावी छ । 
पहिले व्यापारीहरुको चहलपहलले सधै गुल्जार देखिने मेची भन्सार कार्यालय केही समययता सुनसान प्राय छ । दैनिक दर्जनौ व्यापारी कारोवारका लागि आउने पूर्वकै व्यस्तमध्येको एक मेची भन्सार अहिले सुस्ताएको देखिन्छ । भन्सार अधिकृत शिशिर घिमिरे भन्छन्,‘अवैध पैठारीको वढोत्तरीका कारण भन्सारको कारोवार सुस्ताएको हो ।’ घिमिरेका अनुसार व्यापारीहरु भन्सारको वाटो आउनै नचाहेपछि कारोवारमा असर पर्न गएको छ । 

भन्सार भर्खरैदेखि करिव ४० लाखको लागतमा निर्माण भएको सुख्खा वन्दरगाहमा सरेको छ । नया तथा भव्य  भवन छ ।  केही दिनपछि सवै सेवा सुविधा एकैथलोमा उपलव्ध गराउने भन्सारले जनाएको छ । तर, यत्रो संरचना तयार भएको करिव २ महिना वितिसक्दा पनि यसको संचालनका लागि लगाइने ठेक्का अझै लाग्न सकेको छैन । इन्टरमोडेल डेभलोपमेन्ट सर्भिसले दुई पटकसम्म वन्दरगाह ठेक्काका लागि टेण्डर आव्हान गर्दा पनि ठेक्का नलागेको हो । ठेक्का किन लागेन होला ? सवैलाई जिज्ञासा लाग्न सक्छ । यसको एकमात्रै कारण हो भन्सारमा पछिल्लो समय देखिएको कारोवार ।  भन्सारको दयनीय कारोवारकै कारण कसैले पनि ठेक्का लिने इच्छा नदेखाएपछि इन्टरमोडेलले स्वयम संचालन गर्ने भएको छ  । जसले ठेक्का पाउछ उसले १० वर्षका लागि १६ करोड रुपैया सरकारलाई दिनुपर्ने हुन्छ । भन्सारको कारोवार हेर्दा त्यो सम्भव हुन नसक्ने देखेर अन्यले ठेक्का लिन नचाहेको बुझिएको छ  । भन्सार श्रोतका अनुसार  कारोवार यही गतिमा जारी रहने हो भने केही समयपछि वन्दरगाहको मर्मत सम्हारमा पनि समस्या पैदा हुने छ । 
केही  समयदेखि सुनसान भन्सार कारोवारका कारण यो वर्ष पनि लक्ष्य अनुसार राजश्व संकलन हुने सम्भावना देखिदैन । चालु आर्थिक वर्षको भदौ २६ गतेसम्म भन्सारले लक्ष्य अनुरुप राजश्व जम्मा गर्न सकेको देखिदैन् । उसले भन्सार महसुल तर्फ ७ करोड १० लाख ९५ हजार, मुल्य अभिवृद्धि कर तर्फ ६ करोड ५६ लाख ७ हजार ६ सय र अन्तशुल्कमा १९ लाख ६ सय रुपैया गरी कुल १३ करोड ८६ लाख ७७ हजार रुपैया संकलन गर्ने लक्ष्य राखेकोमा ६६ लाख ६८ हजार मात्रै संकलन गरेको छ । आर्थिक वर्ष ०६६÷०६७ मा भन्सारले कुल लक्ष्यमध्ये ८३ प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो । लामो समयदेखि यो नाकाबाट पैठारी भइरहेका केही महत्वपूर्ण वस्तु आउने क्रम घट्दा राजश्व प्रभावित भएको थियो । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply