• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

झापा आउँदा सँधै व्यस्त सभासद् राजवंशी

विर्तामोड, भाद्र २९ । नेकपा एमाओवादीका क्षेत्र नं ३ का सांसद पूर्ण सिंह राजवंशी झापा आफ्नो निवास आउँदा जनताका काममा भ्याई नभ्याई हुन्छन् । राजधानीबाट गृह जिल्लामा शान्तिका सास फेर्न पाइन्छकी भन्ने सोच बनाएर झापा आउँदा जनताले घरैमा घेरेपछि भ्याई नभ्याई हुन पुगेको बताउँछन् । 
झापा हल्दीबारी ९ निवासी सांसद राजवंशी यस अघि चिरपरिचत नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई उछिन्दै संविधान निर्माण गर्न पुगेका हुन् । काँग्रेसका प्रभावशाली नेता सिटौललाई उछिन्दै राजवंशी भएकोले उनको सोर्स र सहयोग चारैतिर हुन्छ भनेरै उनलाई जनता गुह्रान आउँछन् । 

प्लास्टिकको चप्पल, सिम्पल भेष्ट र पेन्टमा भेटिएका राजवंशी मंगलबार घरबाट निक्लदाँ मेची अस्पतालमा गाँउकी सुत्केरीलाई भत्ता दिलाएर, हल्दीबारी खण्डको बाटाहरुमा मर्मतका लागि जिल्ला विकास कार्यलयमा कुरा उठाउन आएका थिए । सोही दिन उनी नेपाल टेलिकम, विद्युत प्राधिकरण जस्ता ठाँउमा जनताका आवाज लिएर किन लाइन गडबड भइरहेको छ भन्दै पुगेका थिए । मंगलबाररै उनले आफ्नो सम्पत्ति विवरण आफ्नो नाममा १६ कठ्ठा जमिन भएको जिल्ला प्रशासनमा बुझाएका थिए । उनको साथमा डटपेन, सादा बुक र ९८४१५९२०३५ नम्बरको मोवाइल बोकेर हिडिरहेको अवस्थामा भेटिन्थें । छिनछिनमा उनको मोवाइलमा घन्टी बजथ्यो, सबैलाई हुन्छ, म काम गरिदिन्छु भन्दै हिडेका भटिन्थे । सभासद् राजवंशीलाई पार्टीको काम पनि त्यत्तिकै छ । झापा आउँदा जनताको काम गर्न पाइन्छ, पार्टीको काम गर्न पाइन्छ, राजधानी बस्दा त्यो दुवै काम नहुँदा कहिले काही खल्लो महसूस हुने गरेको यो संवाददातालाई बताए । 
पटक–पटकको प्रधानमन्त्री छनोटमा आफ्ना अध्यक्ष प्रचण्डलाई आगाडि बढाउन कोसीस गर्दा सातौं पटक पनि असफल भइएको र अब आठौं पटकमा आफ्नो अध्यक्ष पक्कै प्रधानमन्त्री हुने विश्वास व्यक्त गर्छन् । राजवंशी भन्छन् – ‘अब पनि मुलुकले प्रधानमन्त्री पाएन भने मुलुक भित्र छिमेकी हस्तक्षेप बढेर जाने बताउँछन्’ । उनी भन्छन् –‘हामीलाई जनताले संविधान लेख्न पठाएको हो प्रधानमन्त्री बनाउन होइन तर दुभाग्य प्रधानमन्त्री बिना संविधान लेख्न नसकिने नियम भएको हुनाले हाम्रो समय त्यत्तिकै व्यतित भइरहेको बताउँछन्’ । के तपाई यतिबेला प्रधानमन्त्रीका भोटर मात्र भइरहनु भएको छ कि भित्रभित्रै संविधान सम्बन्धी कामहरु भइरहेको छ भन्ने प्रश्नमा राजवंशी भन्छन्– ‘हेर्नुहोस दुई महिना यता कुनै पनि सभासद्ले संविधानको विषयमा स पनि बोलेका छैनन्, लेख्नेको त कुरै छाडिदिऊ’ त्यसो भए तपाई माननीय भए यता तपाईको गाँउमा कतिको विकास निर्माणका काम भएको छ ? हेर्नुहोस विकासको त कुरै छाडिदिऊ जताजतै बाटाहरु खाडलभएका छन्, एउटा काम चै मोवाइलको टावर ठडिएको रहेछ ।  तपाई आदिबासी नेता पनि हो तिनीहरुका क्षेत्रमा कति काम गर्नु भएको छ भन्दा राजवंशी हाँस्नबाहेक अरु उत्तर दिन सकेनन् । रहि पनि उनी भन्छन् आदिबासी क्षेत्रमा काम गर्न नसकेपनि गाँउ घरमा भ्याई नभ्याई भएको छ । सानो बच्चा बिरामी भए देखि प्रहरी प्रशासनमा आफूले भन्दा लाग्ने काम गरिदिँदै आएको छु । झापा आउँदा यस्तै हुन्छ सँधै मलाई । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply