जिल्ला प्रशासन मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
दिपीन राई विर्तामोड, २९ भाद्र । नेपाल आदिवासी जनजाति महासंघ झापाले धर्म निरपेक्षता राज्यको भावना विपरीत राज्यद्वारा गरेका कार्य बारे जानकारी गराउँदै जिल्ला प्रशासन कार्यलय झापामार्फत गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिबाट डा. रामवरण यादवलाई १४ बुँदे माग सहितको ज्ञापन–पत्र पठाएको छन् ।
महासंघ झापा अध्यक्ष प्रेम घिसिङको अगुवाइमा भएको टोलीले आज मंगलबार प्रमुख सहायक जिल्ला अधिकारी लेखनाथ पोखरेललाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रपति भवन शितल निवासमा पठाएको हो ।
पठाइएको ज्ञापन पत्रमा भनिएको छ राष्ट्रपति सबै जातजातिको चाडपर्वमा उपस्थीत हुनु पर्ने, सबै जातजातिका चाडपर्वमा सार्वजनिक विदा घोषण गनुपर्ने, सैनिक मञ्च टुँडिखेलमा सबै धर्मका चाडपर्व मनाउन पाउनु पर्ने । सेना तथा प्रशासनमा अन्य धर्मका पुजारीका व्यवस्था गरिनु पर्ने । सरकारी सञ्चार माध्यममा सम्मान प्रचार प्रसार गरिनुपर्ने, कार्यलयमा सबै धर्मको प्रतिक रहनुपर्ने, विश्व आदिबासी दिवसको दिन सार्वजनिक विदा गरिनुपर्ने, दशैको बोनस बन्द गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।ज्ञापन–पत्र बुझेपछि सहायक जिल्ला अधिकारी पोखरेलले यो माग सहितको ज्ञापन पत्र माननीय राष्ट्रपति कहाँ आजै पठाउने बताउँदै केही मागहरु सकारात्मक भएको बताए । ज्ञापन पत्र पछि सोही ज्ञापन पत्र अञ्चल प्रहरी कार्यलयका प्रमुख रविराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यलय, राजनीतिक दलका कार्यलयमा समेत बुझाएको महासंघ सचिव शम्भु कुमार थापा मगरले जानकारी दिए ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed