• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

जनस्वास्थ्यको एक करोड मन्त्रालयद्धारा फिर्ता

सुनसरी, असोज
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अघिल्लो आर्थिक वर्षमा महिला तथा बालबालिकाका लागि स्वास्थ्य कार्यक्रम सञ्चालन नगर्दा त्यसबापत प्राप्त एक करोड रुपैयाँ मन्त्रालय फिर्ता भएको  
स्वास्थ्य मन्त्रालयबाट आर्थिक वर्ष ०६६/६७ का लागि विनियोजित रकममध्ये एक करोड रुपैयाँ कामै नगरेका कारण फिर्ता गएको हो  दुई करोड ९८ लाख ८८ हजार दुई सय रुपैयाँको बजेट कागजमा काम गरेको देखाई खर्च गरे तापनि सो रकम जनस्वास्थ्य प्रमुखदेखि लेखाफाँटसम्मका कर्मचारीले मिलोमतोमा बाँडफाँड गरेको कर्मचारी स्रोतले दाबी गरेका छन् 

 नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमार्फत सुनसरीका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपलब्ध गराएको कार्यक्रममध्ये सुरक्षित मातृत्व बाल स्वास्थ्यजस्तो संवेदनशील कार्यक्रमको रकम फिर्ता गएको सो कार्यालयले जनाएको   अघिल्लो आर्थिक वर्षका कार्यक्रम सञ्चालन नै नगरी कागजमा बिल, भर्पाइँ भौचरमार्फत खर्च मिलान गरिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा कार्यरत कर्मचारी स्रोतको दाबी  
स्वास्थ्य कार्यक्रमअन्तर्गत विभिन्न क्रियाकलापका लागि नेपाल सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०६६/६७ का लागि जिल्ला स्वास्थ्य कार्यालय सुनसरीलाई तीन करोड ९८ लाख ८८ हजार दुई रुपैयाँ बजेट रकम निकासा गरेको थियो  स्वास्थ्य कार्यालय सुनसरीले औपचारिकता पूरा गर्नका लागि केही तालिम सञ्चालन गरे तापनि कार्यान्वनयको तहमा कागजमा मात्रै सीमित रहेको बजेट हिनामिना गरेको गुनासो सो कार्यालयसँग सम्बद्ध विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र तथा उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले गरेका छन् 
 जिल्ला स्वास्थ्य कार्यालयले दलित, जेष्ठ नागरिक, उत्पीडित अपांगका लागि सामाजिक समावेशी कार्यक्रम सञ्चालनका लागि आएको रकमसमेत हिनामिना गरेको आरोप लागेको  
दलितलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न रकम उपलब्ध गराउन मन्त्रालयबाटै रकम तोकी आए तापनि उपस्वास्थ्य चौकी अस्पतालमा सो रकम निकासा नभएकाले यो रकम कहाँ कुन प्रयोजनका लागि कसरी खर्च गरिएको भनी दलित उत्थान विकासका लागि कार्यरत अगुवा संघ-संस्थाका प्रतिनिधिले समेत खोजी गरेका छैनन्  उपस्वास्थ्य चौकीलाई उपलब्ध गराउनुपर्ने औजार उपकरण, अति आवश्यक औषधिसमेत पर्याप्त मात्रामा नदिएको उपस्वास्थ्य चौकीका इन्चार्जहरू बताउँछन् 
Source :- Nayapatrika

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply