चोरलाई संरक्षण गरेको आरोपमा प्रहरीविरुद्ध नाराबाजी
मेचीनगर अनलाइन
|
Thursday, September 23, 2010
|
0 comments
इटहरी, असोज ७ - चोरलाई संरक्षण गरेको भन्दै बिहीबार इटहरीमा स्थानीयबासीले प्रहरीबिरुद्ध नाराबाजी गरेका छन्।
इटहरी-५ का रान्जन रिजालको घरबाट बुधबार राति ठेला रिक्सा चोरी गरी भाग्दै गरेका डुम्राहा-५ का ३० बर्षीय सन्तोष साहलाई गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएपछि कारबाही गर्न दवाव दिन बिहीबार बिहानै प्रहरी कार्यालय पुगेका रिजाललाई केही बेरमात्रै थुनेको बिरोधमा स्थानीयबासीले नाराबाजी गरेका हुन्।
स्थानीयबासीलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया र प्रहरी प्रमुख एसपी भुपालकुमार भण्डारीले चक्काजाम खोल्न आग्रह गरेपछि साढे १० बजेदेखि यातायात सुचारु भएको छ। प्रहरी निरीक्षक सुब्बाका अनुसार चोरलाई कारबाही गर्न दवाव दिन आउने क्रममा रिजालले आफुलाई गाली गरेकाले केही बेर थुनेको बताए।
रिजालले भने कारबाही गर्न माग राख्दा प्रहरी निरीक्षकले नै अश्लील शब्दले आफु लगायत अन्य केही स्थानीयबासीलाई गाली गरेको बताए।
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed