राजमार्गमा पहिलोपटक सिसिटिभी
मेचीनगर अनलाइन
|
Wednesday, September 15, 2010
|
0 comments
३० भाद्र, वीरगंज । मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले बारा-पर्साको औद्योगिक करिडोर अन्तर्गत महेन्द्र र त्रिभुवन राजमार्गको सङ्गमस्थल बाराको पथलैयामा देशमै पहिलोपटक राजमार्गमा सिसिटिभी मङ्गलबार जडान गरेको छ ।सवारी चाप बढ्दै गएकाले सवारीसाधन दुर्घटना बढ्न थालेपछि गतिविधि नियन्त्रण गर्ने र चोरी डकैतीजस्ता कार्यलाई निरुत्साही गर्ने उद्देश्यका साथ सिसिटिभी जडान गरिएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुरेन्द्रबाहादुर सिँहले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरिक्षक सिँहले सिसिटिभीको उद्घाटन गर्दै ट्राफिक अनियमितता तथा अपराधका घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाउनुका साथै प्रहरीको गतिविधिबारे पनि जानकारी राख्न मद्दत पुग्ने बताउनुभयो ।
नेपालीहरुको नजिकिँदै गरेको चाडपर्व राजमार्गमा चोरी डकैतीको घटना पनि बढ्ने गरेको पाइएकाले सिसिटिभी प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
राजमार्गमा हुने जुनसुकै गतिविधिको जानकारी राखिने र बिगि्रँदै गएको ट्राफिक नियम पालना गराउनसमेत मद्दत पुर्याउने भएकाले नेपालमै पहिलोपटक राजमार्गमा सिसिटिभी जडान गरिएको हो ।
६० हजार रुपियाँको लागतमा हाल दुई स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको र जडान गरिएका सिसिटिभीले पथलैयाबाट एक पटक आहोर दोहोर गरेको सवारी साधनहरुको २५ दिनसम्म रेकर्ड राख्ने सिँहले जानकारी दिनुभयो ।
समाचार श्रोत : अनलाइन खबर
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed