पुल मर्मत नहुँदा समस्या
मेचीनगर अनलाइन
|
Sunday, September 12, 2010
|
0 comments
काँकरभिट्टा २७ भाद्र सातादेखिको् लगातार वर्षका कारण झापा मेचीनगरस्थित कालीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको काठेपुल समयसमै मर्मत हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।
समयसमै पुल मर्मत नभएकाले विद्यार्थी बढी मारमा परेको स्थानीय रामबहादुर राईले बताए । नगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टा बजार र वडा नम्बर १० को शान्ति रमाइलो गाउँलाई जोड्ने सो पुलमा बाढीले क्षति पुर्याएपछि अधिकांश मानिस १० मिनेटको बाटो घण्टौं समय लगाएर आवतजावत गर्न बाध्य छन् । स्थानीय निकायले सो बारे जानकारी पाए पनि मौन रहेकोमा स्थानीयवासी रोष प्रकट गर्छन् ।
त्यस्तै, क्षतिग्रस्त बनेको अर्को पक्की पुलमा भने स्थानीयवासीले करिब ३० वटा जाली लगाएर मर्मत गरेका छन् । ७० हजार रुपैँयाको लागतमा सथनीयबासीले मर्मत गरेको र सो रकम मेचीनगर नगरपालिकाले पछि उपलब्ध गराउने स्थानीय पत्रकार लक्ष्मी उप्रतीले मेचीनगर अनलाईनलाई जानकारी दिएका छन् ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed