• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

लोपोन्मुख रेडपाण्डाको खुलेआम तस्करी

विश्वमै लोपोन्मुख रेडपान्डाको संरक्षण गर्न २० वर्षे परियोजना सञ्चालन भइरहेका वेला इलामका केही गाविसबाट रेडपान्डाको खुलेआम तस्करी भइरहेको पाइएको छ । जिल्लाको सोयाङ र नयाँबजार गाविसबाट रेडपान्डा तस्करी भइरहेको हो 
सोयाङको लेकाली गाउँबाट भर्खरै मात्र एउटा रेडपान्डा बिक्री गरिएको खुलासा भएको छ । जंगलमा भेटिएको रेडपान्डालाई घरमा ल्याएर राखिएपछि स्थानीयबीच कसले बेच्ने भन्ने विषयमा विवाद भएको थियो । विवादपछि स्थानीय एक व्यक्तिले घरमा राख्न भन्दै लगेको रेडपान्डा रातारात हराएको बताइयो 

'हराएको बहाना बनाइयोतर त्यो रेडपान्डा बेचेको थाहा भयो,' एक स्थानीयले नाम नखुलाउने सर्तमा भने 'पहिले पनि यहाँबाट रेडपान्डा बेचिएको हामीलाई थाहा छ '
यसअघि पनि सोयाङ गाविसमा रेडपान्डा भेटिएको र रातारात हराएको स्थानीयले जानकारी दिएका छन् । यहाँ कहिलेकाहीँ रेडपान्डा फेलापरेे पनि कति संख्यामा आउने र बिक्री हुने गरेका छन् भन्ने खुलेको छैन  'रेडपान्डा आयो र हरायो भनेको सुनिन्छतर कसले कहाँ लग्यो थाहा हुँदैन,' एक स्थानीयवासीले भने । एक वर्षअघि नयाँबजारको शंखाबुङस्थित एउटा गुम्बामा रहेको रेडपान्डा पनि राति हराएको थियो । केही समयपछि बेचिएको भन्ने चर्चा सुनिए पनि अहिलेसम्म त्यो रेडपान्डा भेटिएको छैन 
स्रोतका अनुसार केही स्थानीयवासीको अगुवाइमै रेडपान्डा बिक्री हुने गरेको छ । पशु खरिदका लागि आउने भारतीय व्यापारीले लोपोन्मुख रेडपान्डा किनेर लैजाने गरेको उनीहरू बताउँछन् । झापाबाट पनि रेडपान्डा लैजाने तस्करका आफन्तको बहाना बनाएर गाउँ आउने गरेका छन् 
गाउँघरमा दुस्मनी हुनसक्ने र असुरक्षाको डरले रेडपान्डा बिक्रीबारे खुलेर कसैले बताउन चाहँदैनन् 
'आफन्तको निहुँ गरेर गाउँमा आउँछन्बहुमूल्य जनावर लिएर जान्छन् । हामीलाई छिमेकीकै विरुद्ध बोल्ने साहस हुँदैन,' सोयाङ शिरिसेका एक स्थानीयवासीले भने । रेडपान्डा लोपोन्मुख भएकाले बचाउनुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि यसको तस्करी भइरहेकोमा स्थानीयवासी चिन्तित छन् । रेडपान्डा लाटो र प्रतिकार नगर्ने स्वभावको हुने भएकाले तस्करी गरेर लैजान पनि सजिलो हुन्छ । उत्तरी इलामका जमुनामाबु र माइमझुवा रेडपान्डा पाइने क्षेत्र हुन् । प्याङनयाँबजार र सोयाङ पनि तीनै गाविसको वातावरणसँग मिल्ने ठाउँ भएकाले रेडपान्डा ओहोरदोहोर गर्नसक्ने रेडपान्डा नेटवर्कका कमल कँडेल बताउँछन्  'जमुना र माबुमै भएका रेडपान्डा त्यहाँ पुगेका हुन सक्छन्,' उनले भने, 'संरक्षणको अभियान चलिरहेका वेला तस्करीको समाचार आउनु दुःखको कुरा हो यसको संरक्षणका लागि स्थानीयमा सचेतन जरुरी रहेको उनले बताए 
रेडपान्डाको संरक्षणका लागि स्थानीयस्तरमा पनि केही संघ-संस्था क्रियाशील छन् । ती संथाहरूले रेडपान्डाको बिक्री रोक्न कडा कदम चालिनुपर्ने बताएका छन्  'रेडपान्डाको संरक्षणमा परियोजनाले मात्र केही हुँदैन स्थानीयतरमै चेतना र यसको महत्त्वबारे जानकारी हुनुपर्छ,' रेडपान्डा संरक्षण केन्द्र इलामका अध्यक्ष उमेश गुरुङले भने, 'रेडपान्डा किन्नेलाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्छ '
रेडपान्डाकै माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न उत्तरी जमुना गाविसको चोयाटार वनमा रेडपान्डा पर्यटन अभियान नैचलिरहेको छ भने इलामपाँचथर र ताप्लेजुङका उत्तरी गाविसमा लोपोन्मुख रेडपान्डा संरक्षणका लागि २० वर्षेपरियोजना पनि सुरु भएको छ । रेडपान्डा नेटवर्कले सुरु गरेको परियोजनाको अध्ययन टोलीले माबु र जमुनामा थप दुई रेडपान्डा फेलापारेको छ । रेडपान्डा संरक्षण गर्न यत्तिका पहल भइरहे पनि संरक्षणको सट्टा चोरी तस्करी बढ्नु चिन्ताको विषय भएको सरोकारवालाको भनाइ छ 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply