• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बस नम्बर १३६ को च्यारेटी

पूर्वका लोकप्रिय कलाकारको निर्माण र भूमिका रहेको कमेडी चलचित्र ‘बस नम्बर १३६’ को विशेष प्रदर्शनी भएको छ । फिल्म रिलिज हुनुअघि नै चर्चा चलेपछि च्यारेटी गरिएकोे प्रस्तुतकर्ता भूपेन्द्र लिङदेन (मन्त्री)ले बताए । 
हाँस्यगायक तथा कलाकार श्रीकृष्ण लुइँटेल (बोकेदाह्री)को निर्देशन रहेको ‘बस नम्बर १३६’को बिर्तामोडको कृष्णा चित्र मन्दिरमा विशेष प्रदर्शनी भएको हो । पुस २५ मा रिलिज हुने तयारीमा रहेको फिल्म नेपालसहित भारतको सिक्किम, दार्जीलिङ
, कालिम्पोङ, गुहाटी, जयगाउँ, कतार र हङकङमा पनि च्यारिटी हुने लुइँटेलले जानकारी दिए । सम्झना फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्रको निर्माण सञ्जु लिङदेन राजुजङ कन्दङवा र टेकराज तिलिङले गरेका हुन् । फिल्ममा बोकेदाह्रीसँगै मेलिना मानन्धर, रवि क्षेत्री, राजाराम पौडेल, विल्सनविक्रम राई, मुकुन्द श्रेष्ठ, पुष्प श्रेष्ठ, विपीन प्रसाईं, सिमान्त उदासको मुख्य भूमिका रहेको छ । कथा, सम्वाद, पटकथा, गीत, सङ्गीत बोकेदाह्रीको रहेको ‘बस नम्बर १३६’मा विल्सनविक्रम राई कार्यकारी निर्माता, नृत्य कमल राई, द्वन्द्व सूर्य थोकर, छायाङ्कन सौरभ लामा र सम्पादन विपीन मल्लले गरेका छन् । पूर्वी नेपालका रमणीय स्थानमा छायाङ्कन भएको फिल्म पूर्ण रुपमा हाँस्यप्रधान रहेको निर्माता सञ्जु लिङ्देनले बताइन् । च्यारेटी शोबाट प्राप्त रकममध्ये आठवटा रिक्सा खरिद गरी विपन्न मजदूरलाई वितरण गरिनेछ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply