• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

काँग्रेस महाधिवेशनको प्रचार तीब्र झापाबाट दर्जन उमेद्वार

विर्तामोड, २२ भदौ । नेपाली काँग्रेस झापाले असोज पहिलोसाता काठमाडौंमा हुने महाधिवेशनको प्रचारलाई तीब्र बनाएको छ । महाधिवेशनबाट केन्द्रीय सदस्य हुन दर्जन झापाली नेताले आकाँक्षा राखेको काँग्रेस स्रोतले जनाएको छ ।
महाधिवेशन प्रचारका लागि काँग्रेसको २ नम्वर क्षेत्रीय समितिले आज क्षेत्रस्तरीय मोटरसाइकल र्यालीको आयोजना गर्यो । जिल्ला सभापति उद्धव थापाले विर्तामोडमा उद्घाटन गरेको र्याली चारपाने,
विर्तावजार, गरामनी, हल्दिवारी, चन्द्रगढी, ज्यामिरगढीको परिक्रमा गरी चारआली चोकमा आएर सम्पन्न भएको थियो । काँग्रेस झापाका कार्यालय सचिव जय दाहालका अनुसार सवै क्षेत्रमा व्यानर टाँग्ने र पम्प्लेटिङ गर्ने काम भइरहेको छ । 
सामेली ढंगले पहिलो पटक हुन गइरहेको महाधिवेशनमा पुराना केन्द्रीय सदस्यमध्ये कृष्णप्रसाद सिटौलाले महामन्त्रीमा प्रतिष्पर्धा गर्ने बताइसक्नु भएको छ । उहाँ सभापतिका प्रत्यासी सुशील कोइरालाको टीमबाट महामन्त्रीमा नपरे केन्द्रीय सदस्यमा उठ्ने पक्कापक्की छ । अर्का केन्द्रीय सदस्य चक्र बाँस्तोला भीमबहादुर तामाङलाई सभापति र नरहरि आचार्यलाई महामन्त्रीको उमेद्वार बनाई आफू केन्द्रीय सदस्य बन्ने गरी चुनावमा होमिनु भएको छ ।
केन्द्रीय सदस्यद्वय सिटौला र बाँस्तोला बाहेक यस पटकको महाधिवेशनबाट केन्द्रीय सदस्य हुन झापालीहरु सुधिरकुमार शिवाकोटी, विश्वप्रकाश शर्मा, डिल्ली सिटौला, गोपाल बस्नेत, जीतबहादुर पुरी लविङमा सक्रिय देखिनुभएको काँग्रेस स्रोतले जनाएको छ । उहाँहरुको आकाँक्षा अञ्चलबाट केन्द्रीय सदस्य हुने छ । उहाँहरु बाहेक मेचीबाट हुने एक केन्द्रीय सदस्यका लागि बेनुप प्रसाईं, दीपकप्रकाश बाँस्कोटा र सुरेन्द्र तिम्सिना पनि चुनावी दौडमा हुनुहुन्छ । त्यस्तै, महिलाबाट ६   केन्द्रीय सदस्य हुने विधानमा व्यवस्था छ । त्यसका लागि झापाबाट सुशीला ढकाल र सरिता प्रसाईं लाइन मिलाउन लाग्नु भएको बताइएको छ । आदिवासी जनजातिको कोटा ५ जनामा २ जना महिलाको व्यवस्था भएकाले उषा गुरुङ महिलाबाट केन्द्रीय सदस्य उठ्ने स्रोतले जनाएको छ ।
काँग्रेसको आसन्न महाधिवेशनबाट सभापति, महामन्त्री र कोषाध्यक्ष बाहेक ६१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् । जसमा खुल्लाबाट २५ जना, महिला ६, मधेशी पुरुष ३, महिला २, आदिवासी जनजाति पुरुष ३, महिला २, दलित पुरुष ३, महिला २ र मुस्लिम १ जना हुनेछन् । ६१ सदस्यका लागि ११ जना झापालीले आकाँक्षा देखाएका छन् । झापाबाट जम्मा ८६ जना महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply