• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

यौन दुव्यवहार आरोपमा कार्यालय प्रमुख पक्राउ

भिम घिमिरे विराटनगर, भाद्र २२ - सहायकस्तरकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा विराटनगरस्थित जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. उदयप्रताप सिंह पक्राउ परेका छन् उनीविरुद्ध उजुरी परेपछि मंगलबार प्रहरीले पक्राउ गरेको हो  
गत वैशाखदेखि कार्यालयमा कार्यरत कर्मचारीले आफुमाथि पटक पटक दुर्व्यवहार गरेको उनलाई खुसी पार्न नसकेको आरोप लगाइ जागिरबाट निकाला गरेको भन्दै गत आइतवार उजुरी दिएपछि उनी वेपत्ता भएका थिए प्रहरी टोलीले आइतवार दिनभर खोजतसाल जारी राखेपनि डा.

सिंहलाई फेला पार्न सकेको थिएन सोमबार उनी भेटिएपछि पक्राउ गरि जिल्ला प्रहरीको हिरासतमा राखी कार्वाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको । 
गत साता कामबाट निकाला गरिएपछि ती महिला कर्मचारीले आफुले भोग्नु परेको दुर्व्यवहार बारे खुलासा गरेकी थिइन कार्यालय प्रमुख संगीन विवादमा मुछिएपछि क्षेत्रीय पशु कार्यालयमा दुवै पक्षलाई राखेर प्रमुख डा. योगेन्द्र यादवले समाधान खोज्ने प्रयास गरेका थिए दुवै पक्षले अडान नछाडेपछि घटना प्रहरीसम्म पुगेको हो पक्राउ परेका सिंहलाई निलम्बन गरिएको
यो समाचार कान्तिपुर  बाट साभार गरिएको हो । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply